Wednesday 7th October 2026

कविताः मनका कुरा -हिमा सनातन


नसोध्नु होस् म वैरागी भएको
रहस्यमय कुरा,
कसरी दिउँ उत्तर?
जिवनबाटै वितृष्णा जागेको बेला।

मेरा पनि आशाहरु होलान् नि झोलीभरि,
मन छैन र
प्रफुल्लित भएर आफ्नो परिचय दिने?
तर म मात्र पलाँसको फूल……।

भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि,
के मलाई रमाउने रहर थिएन होला र?
तर म शिशिर यामको हिमकणमा फुल्ने
पारिजात जस्तो भएँ।
कठ्याङ्ग्रिंदो निशामय रातमा
मगमगाउँदो वास्ना छर्दा पनि,
बिहानीको उषामय लाली देख्न नपाउँदै
ओइलाएर झर्नु पर्दाको पीडा मसँग छैन र?

भनेकै छु म निरीह छु, बेसहारा छु।
यसैमा दोष खोज्दछन् मानिसहरु
र त म विक्षिप्त हुँदै, भौंतारिन्छु, तड्पन्छु, छट्पटाउँछु….।

जीवन अनौठो अनुभूति भयो
सधै एकनासे दुखाइ अनि पीडा मात्र,
सम्झन्छु जीवन फूल कि काँडा?
दिन कि रात?

-हिमा सनातन


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले…

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

प्रतिकृयाहरू
...