गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो ।
आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो ।
जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने
जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो ।
म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ ।
मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ ।
मलाई शंका छ झुटा विवरण सुनेर त्यसैले
मेरो आत्मबल ले सबैको मन डढेझैं लाग्छ ।
मन सँग यो विचार पनि झस्किएर गयो ।
खाटा बसेको घाउ झन् चस्किएर गयो ।
वायू बेग जस्तैगरि आयो बिना प्रवेशाज्ञा
ईतिहास ले नभुल्ने व्यथा पस्किएर गयो ।
कस्ले खोल्छ दु:खी जनका पोकाहरु सबै ।
संगालेर गाँठो पारि राखेका धोकाहरु सबै ।
समाज को तिरस्कार सहन्छु बरु बिन्ती छ
कहिल्यै बन्द नहोस मनका ढोकाहरु सबै ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैँ ।