जयनारायण थारु – मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरसेको छ। अब यस ब्यवस्थाबाट पछाडि फर्किनु देशलाई नै पछाडि फर्काउनु हो , लोकतान्त्रिक मुलुकमा जनता जागेपछि परिणाम परिवर्तनिय हुन्छ। मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गर्न सक्छ भने कुराको पनि हेक्का रहोस ।
पहिचानको खोजी र मान्यताका लागि लोकतन्त्र पहिलो आधार स्तम्भ र आवश्यकता हो । लोकतन्त्रको उदारवादि राजनीतिक भूमिमा मात्र विविधता र बहु पहिचान फल्न र फुल्न सम्भव हुन्छ । र त्यो विविधतालाई सम्वोधन गर्नका लागि पुर्ण समावेशी सामानुपतिक लोकतन्त्रको आवश्यकता पर्दछ ,त्यसैले अरु नामधारी लोकतन्त्रले विविधता र पहिचानलाई देख्दैन । पहिचानको कुरा गर्दा हामी लाई जातिवादको कुरा गर्दछन भन्छन , भुत भविश्य र बर्तमानको बिचारै नगर्ने मानिसहरुले पहिचानलाइ जातिवाद देख्छन , मेरो गोरुको बह्रै टक्काले गर्दा आज हाम्रो देश नेपाल भड्खालोमा जाकिदै गएको आभास हुदैछ नेपाली जनतामा , यसको उदाहरण वर्तमान विश्वमा धेरै रास्ट्रहरु बनेका छन । शान्ति अदृश्य श्क्तीको दुत हुन ,भने अशान्तीको बिकल्प खोजिरहनु पर्दछ , नेपालमा सङ्घियता पहिचान सहितको अधिकार भएन भने वर्तमानमा अशान्ती हुने पक्का देखिन्छ , सङ्घियता र पहिचानले देश टुक्रीन्छ भनेर गलत ब्यख्या गर्ने हरु पहिचान र सङ्घियता बिषयमा किन बोल्छन होला
![]()
पहिचान सम्मान हो,अपमान होइन।
शुक्राचार्यको बुद्धि शाशनसत्ताको मनस्थितिमा कस्ले भरि दीए कुन्नी, जुन अहिले पहिचानको बिषयलाई निकै बिपरित ध्रुवबाट हेर्नेहरुको जमात भएको छ , जुन कुरा दिन दिनका दिन बिवादको भुमरीमा फस्दै गएको छ ,पहिचान कुनै ब्यक्तीको परिचय मात्र होइन , पहिचान त सिङ्गो समुदायको अस्तित्व हो , तर पनि किन बुझ पचाएको होला , आज हामी बिर गोर्खाली भनेर बिश्वमा परिचित छौ ,यो परिचयको दिलाउने राई ,लिम्बु ,मगर , गुरुङ्ग , तमाङ्ग हो कि होइन ,जसले नेपाल लाई विश्वमा चिनाई दिए के तिनिहरु अझै आफ्नो देशमा पहिचानको लडाई लड्नु पर्ने , हिजो तराईमा मलेरिया , कालाजर , हैजा पचाएर सिमाको सुरुक्षा गर्ने थारु मधेदेशिहरु अझै राज्यको दास्ता स्विकार गरिरहनु पर्ने भएको छ। जो सोझो उसकै मुखमा घोचो भनेर सम्पुर्ण उतिपिडित जातजातिहरु पिल्सिरहने , नेपालको इतिहासमा सबैको आफ्नै धर्म , सस्कृतिक , भेषभुसा , रहनसहन आफ्नै भाषाले सुसज्जितले भरिएको छन , तिहरुलाई पुर्ण पहिचान सहितको स्वस्यता दिनुपर्छ कि पर्दैन पहिचानलाई सामान्य अर्थमा व्यक्ति र सामाजिक समुदायहरुको विशिष्ट चिनारीका रुपमा लिन सकिन्छ । यसले व्यक्ति वा समुदायका आफ्ना आफ्ना विशिष्टताहरुलाई जनाउँदछ , जुन आधारमा एउटा व्यक्ति र समुदाय अर्को व्यक्ति र समुदायसँग छुट्टीन्छ । व्यक्ति र समुदायको स्वबोध र आफ्नोपन जसमा अलगै इतिहास, संस्कृति, धर्म, भाषा, भेषभुषा, भूगोल, सामाजिक कृयाकलाप को माध्यमबाट निर्मित हुन्छ ।
यसलाई कसरी बुझ्ने-पहिचानको सवाल व्यक्ति र समुदायका निम्ति महत्वपूर्ण भएको उजागर गर्दै बैरागी काइँला लेख्नु हुन्छ– “पहिचान भनेको अरुभन्दा भिन्न हुँ भन्ने मूल्य एवं मान्यता हो ! आफ्ना–आफ्ना सांस्कृतिक मुल्य मान्यता, आस्था र विश्वास भएका आदिवासी जनजातिले आफ्नो अस्तित्व बचाउन अरुभन्दा भिन्न भएको बोध गर्न खोज्दछन् । ठूला संस्कृति, भाषा र धर्मको प्रभुत्वभित्र टाँसिन बाध्य तिनको छटपटिले स्वपहिचानप्रतिको व्यग्रतालाई तिनको आफ्नो जाति, भाषा र धर्मप्रतिको प्रतिवद्धताले देखाउँछ । डा।बाबुराम भट्टराई को विचारमा – पहिचान उसको अस्तित्व र त्यसबाट उत्पन्न आत्मविश्वास हो । त्यसपछि अरु सास्कृतिक , धार्मिक आर्थिक, सामाजिक र राजनीतिक कुरा आउँछन् । पहिचानको महत्वलाई स्पष्ट पार्र्दै मुमाराम खनाल भन्छन् – नेपालमा जातीय समस्या र उत्पीडन छ , तथा पहिचानका विविध आधारहरूमध्ये जातीय पहिचान आधार नै होइन भन्नेचाहिँ सत्य होइन । भूगोल, भाषा, संस्कृति, क्षेत्रजस्तै जातीय पनि पहिचानको एउटा आधार अवश्य हो । नेपाली राजनीतिमा पहिचान निश्चित रुपमा चुनौतीपूर्ण मुद्दा बन्दै गएको छ । अहिलेको प्रमुख राजनीतिक मुद्दाको रुपमा रहेको पहिचानको राजनीतिको बारेमा कृष्ण खनाल लेख्नु हुन्छ-पहिचान मानिसको स्वाभाविक खोजी हो र त्यो खोज सामान्यतया राजनीतिक, सामाजिक, आर्थिकलगायतका संरचनामा देखिने अन्तर्जातीय असमानता एवं समुदायगत प्रवेश र पहुँचको न्यूनताका कारण पैदा हुन्छ ।
पहिचान कै बिसयमा रेशम चौधरि भन्छन – अहिले विश्वको बिकास यति तिव्रगतीमा भैइरहेको छ कि मानिसलाई पुरातन सोचको कल्पना समेत गर्न रुचाउदैनन , तर पहिलाउदै जाने हो भने एउटा यस्तो विम्व स्तम्भित हुन , जसलाई कसैले पनि भुल्न सक्दैनन र उखलेर पनि फाल्न सक्दैन , हो त्यहि पहिचानले विश्व पर्यटनलाई आगमनको लागि आकर्शित गर्दछ ,परम्परालाई बचाई राख्यौ भने अर्थतन्त्रमा बृद्धिको लागि अहम भुमिका खेल्छ पहिचानले
पहिचानको विषय अहिलेको नेपाली राजनीतिको सबैभन्दा महत्वपूर्ण राजनैतिक मुद्दा हो । यही पहिचानको मुद्दा नै सबैभन्दा विवादास्पद, गलत किसिमले व्याख्या गरिएको र नेपालको कथित् मुख्य राजनैतिक दलहरूले स्वीकार गर्न नचाहेको विषय हो । पहिचान के हो त ? यसलाई कसरी बुझ्ने भन्ने विषयमा अभय श्रेष्ठ लेख्छन- पहिचान भनेको एकात्मक (खस–आर्य) राज्यसत्ताको अन्त्य र सबै जाति, भाषा, संस्कृति अनि समुदायको सह–अस्तित्वमा आधारित समतामूलक राज्यको माग हो । पहिचानको आधारमा राज्य पुनर्संरचनाको माग यही एकजातीय राज्यको अन्त्य र बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक राज्य बनाउने अभियान हो । पहिचानका आधारमा राज्य बनाउने भन्नुको अर्थ प्रदेशभित्रका कुनै पनि पहिचानलाई भेद्भाव नगरी समान व्यवहार र सह–अस्तित्वको भावना विकास गर्नु भन्ने हो ।लोकराज बरालका अनुसार “भाषा, संस्कृति, धर्म, जाति, भुगोल सबै मिली पहिचान बन्छ ,यी सबै पक्षको सन्तुलित समायोजनले नै राष्ट्रियता बलियो हुनसक्छ किनभने यी सबैको मिलन बृहत्तर राष्ट्रिय एकतामा परिणत भई नेपाली राष्ट्रियता अर्थात् नेपाली पहिचान बन्दछ ,आजको राजनीतिमा पहिचान एक अभिन्न तत्त्वका रुपमा आएको छ ।
भारतमा क्षेत्र, धर्म, संस्कृति, भाषा, जाति र त्यसमा पनि भाषिक समुदायलाई समेट्न संघीय राज्य बनाउँदा पहिचानको आधारले ठूलो भूमिका खेलेको थियो ।भवानी बरालले पहिचान भनेको स्थानीय सत्तालाई बलियो बनाउने, उत्पीडित र पाखा परेका वर्गलाई समताका आधारमा माथि ल्याउने अनि सबै भाषा, संस्कृति, क्षेत्र र वर्गको आत्मसम्मान उँचो पार्नु हो भनी उल्लेख गरेका छन् ।यी परिभाषहरूले नेपालमा पहिचानको सवाल ऐतिहासिक रुपमा नेपाल निर्माण प्रक्रियासँगै जोडिएको गम्भीर विषय हो । नेपाल बनेदेखि नै नेपालमा एक जातीय पहिचानको राज्यको रुपमा मात्रै जातीय शासन चल्दै आएको छ । नेपाल सबैको साझा बन्न सकेन । हामी नेपाली हौं, तर नेपालको राज्यसत्ताले एक जातिको बाहेक अरुको पहिचानलाई मान्यता दिएन भनी प्रस्ट पारिदिएका छन् ।
पहिचान व्यक्ति, समूह, समुदायको अस्तित्वको स्वीकृति हो । पहिचानको सवाल राज्यद्वारा भएको ऐतिहासिक अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, विभेद आदिसंग जोडिएर आएको विषय हो । पहिचानको आधारमा राज्य वा प्रदेश स्थापना हुनु भनेको शोषित,उत्पीडित जाति वा समुदायको भावनाको सम्बोधन गर्नु हो । र आदिवासी जनजाति ,दलित, मुस्लिम ,मधेसी ,थारु अल्पसन्ख्यक ,सिमान्कृत हरुको इतिहासको सम्मान गर्नु हो । त्यसैले पहिचान जस्तो राज्यको सम्बेदनशिल बिसयलाई सकारात्मक तरिकाले ब्याख्या गरौ ,यसैमा छ नेपाल र नेपालीको हित