Monday 12th October 2026

गाेरखा समाज कुवेतको नेपालका मुटु रोगीलाइ रू. ४२ हजार बढी सहयोग


गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल बिकलाइ सो सहयोग गरेको हो ।

गोरखा जिल्ला गोरखा नगरपालिका वडा नम्बर १३ मा स्थायी बसोबास भएका मुटु रोगी गोपाल बिकको मुटु सम्बन्धी उपचार सहयोगार्थ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका गोरखावासी दाजुभाई तथा दिदीबहिनीहरुको व्यक्तिगत सहयोग साथै गोरखा समाज कुवेतको कोषबाट संकलन गरी नेपाली रूपैयाँ ४२,३२०।- अक्षेरूपी बयालिस हजार तीन सय बीस रूपैयाँ सहयोग गरिएको समाजका अध्यक्ष मदन पनेरूले मिडियासँगको कुराकानीमा बताए ।

यस अघि निज मुटुरोगीको घरायसी अार्थिक अवस्था निकै कम्जोर भएर स्वास्थ्योपचार गर्न असहज भएको खबर प्राप्त भएपछि गोरखा समाजले मानविय सेवा, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावनालाई आत्मसात गर्दै सो रकम संकलन गरी संस्थाका सह-सचिव श्री सुजप शाही ठकुरी मार्फत मुटु रोगी गोपाल बिकको परिवारलाइ सो रकम हस्तान्तरण गरेको हो । सामाजिक र मानविय सेवाका कार्यमा स्वस्फुर्त रूपमा सहयोग गरेकोमा सहयोगी मनका धनी सबैलाइ संस्थाले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै किसिमका साथ सहयोग गर्दै संरस्था अघि बढ्ने बताएको छ ।


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...