Wednesday 9th July 2025

कुवेतको नेपाली दूतावासद्वारा ७५९ जना नेपाली श्रमिकको उद्दार


तीतोपाटी – कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र सहजीकरणमा कानुनी प्रकृया पुरा नेपाल पठाउने व्यवस्था गरिएको राजदूत लम्सालले बताउनु भयो ।

राजदूत लम्सालका अनुसार यस अवधिमा ८७ हजार मागपत्र प्रमाणित गरिएको, ३१ हजार विभिन्न कागजात (भिसा प्रमाणीकरण बाहेक) प्रमाणित गरिएको, १३ हजार ४ सय ७८ राहदानी नविकरण गरि जारी गरिएको, ३ हजार ७ सय ९८ ट्राभल डकुमेन्ट (आममाफीमा जारी गरिएका ३ हजार २ सय सहित) जारी गरिएको, विभिन्न केशका ६७ जनाको क्षतिपुर्ति रकम १ लाख ८५ हजार कुवेती दिनार नेपाल पठाइएको छ ।

अहिले पनि ५१ जना नेपाली विभिन्न केशमा अदालतको निणर्य बमोजिम कुवेतका जेलमा सजायँ भोगिरहेका छन् । जेलमा रहेकाहरूमा ४१ जना लागुपदार्थ ओसारपसारमा, ४ जना मादक पदार्थको किनवेचमा, २ जना हत्या अपराधमा सजायँ पाएकाहरू लगायत छन् ।

यस अवधिमा कुवेत र इराकमा गरि ६३ जना नेपालीको ज्यान गएको छ जसमा कुवेतमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने सबै मृतकहरूको पार्थिव शरीर नेपाल पठाइसकिएको, १६ जनालाइ अस्पतालबाट उद्दार गरि नेपाल पठाइएको र ४ जना अझै पनि अस्पतालका सैय्यामा रहेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास कुवेतले आयोजना गरेको राजनीतिक दलका भातृ संगठन, एनआरएनए कुवेत र नेपाल पत्रकार महासंघ सँगको सामुहिक छलफलपछि बोल्दै राजदूत लम्सालले सो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...