Sunday 17th May 2026

कुवेतमा अब समयमै तलब नदिए निजी कम्पनी बन्द हुने


तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ।

निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ।

कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा जम्मा गर्नुपर्ने छ।

एक विज्ञप्तिमा, मन्त्रालयले सबै निजी कम्पनीहरूलाई, समयमै ज्याला भुक्तानी गर्न आग्रह गरेको छ।

कम्पनी सक्रिय हुनु श्रम बजारलाई नियन्त्रण गर्नको लागि कानून (जनशक्ति सार्वजनिक प्राधिकरण)का अनुसार नियम बमोजिम भएको मानव अधिकारसँग सम्बन्धित रहेकोले उक्त निर्णय गरिएको हो।

यो नियम संगै कुवेत निकायको मापदण्ड अनुरूप कामदारको हक अधिकार उल्लङ्घन गर्ने कम्पनीमा सुधार आउने

दैनिक अलकाबासले जनशक्ति सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै बताएको छ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...