Saturday 25th April 2026

लघुकथाकार अनुग्रह राना मगर ‘पुष्प’ को लघुकथा “भाकल” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार अनुग्रह राना मगर ‘पुष्प’ ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ” भाकल” पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेको छु ।

अनुग्रह राना मगर ‘पुष्प’सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु ।अनुग्रह राना मगर ‘पुष्प’ को वास्तविक नाम पुष्प बहादुर राना हो ।उहाँको जन्म पाँचखपन नगरपालिका – ६, संखुवासभामा मिती २०४१/०४/२० गते माता विष्णुमाया राना मगर र पिता रुद्र् बहादुर राना मगरको सुपुत्रको रुपमा भएको हो ।उहाँको अस्थाई बासस्थान उर्लाबारी मोरङ हो ।

१०+२ सम्मको ओैपचारिक शिक्षा हासिल गर्नुभएका लघुकथाकार हाल वैदेशिक रोजगारको सिलसिलामा मलेशियामा हुनुहुन्छ । २०७७/३/२८ मा पहिलो लघुकथा ”डिमाण्ड ” लेखेर साहित्य लेखन क्षेत्रमा पाईला टेक्नु भएका साहित्यकारको पत्रीकामा पहिलोपटक छापिएको लघुकथा पनि ”डिमाण्ड” नै हो जुन हिमाल टाइम्स पत्रिकामा छापिएको थियो ।उहाँका कथाहरु फेसबुकका लघुकथा सम्बन्धी पेजहरुको साथै पत्रपत्रिकामा समेत पढन सकिन्छ ।

साहित्यपोस्टले संचालन गरेको लघुकथा प्रतियोगितामा नवौ चरणमा उहाँको ”त्रास ” लघुकथा बिजयी भएको थियो । उहाँले २०७८ /१२/०३ मा हाम्रो लघुकथा पाठशाला , २०७८/१२/१८ मा पाठ्य , श्रव्य, दृश्य प्रतिष्ठान र २०७९/०३/०९ नमस्ते आधुनिक लघुकथा मञ्च जस्ता फेसबुक पेजहरुबाट विभिन्न सम्मान प्राप्त गर्नु भएको छ ।

प्रस्तुत कथा भाकलमा मात्र दुई पात्रहरु आमा र उ (छोरा) रहेका छन् ।कथा अकस्मात् शुरु भएको छ ।उ पात्र प्रवासबाट लामो समय पश्चात् घर पुग्दा निक्कै राम्रा ठुलठुला सर्लक सर्लक परेको कुखुराको भालेहरु रहेछन् । यसपाली त बाआमाले कुखुरा चाहिँ मज्जाले पाल्नु भएको रहेछ। प्रगति राम्रो गर्नु भएको रहेछ । एकातिर मौसमले च्यालेन्ज गर्दै थियो आज चाहिँ बाआमालाई भनेर रातो भालेको सुप कसो होला उसको स्वादे मनले भन्यो ।

आमा आँगनीको छेउमा दाउरा उठाउदै थिइन् । उनलेभने आमा ! यसपालि त कुखुराका भालेहरु निक्कै सप्रेका रहेछन् है आज यसो एउटा जाडोमा पो कसो होला भने ।
आमाले भनिन् हुन्थ्योनी छोरा के गर्नु तेरो बुवा बिरामी भको भकै गर्नुहुन्छ । धामिझाँक्रीलाई ल्यायो, यसलाई एउटा उसलाई एउटा सबै भाकल गरेको मात्र छ । अब सुपै खाने भए उता चल्ला छ हुन्न बाबू ? यसरी कथा समापन गरिएको छ ।

नेपाली समाजमा रहेको अन्धविश्वास धामी झाक्री प्रतिको विश्वास प्रति कथाले चोटिलो व्यंग्य गरेको छ । लामो समय पछि घर फर्केको छोरालाई आमाले मनपर्दो जे पनि खुवाउनु पर्नेमा भाकलको लागि छुट्याएकाले कुखुराको सट्टा चल्ला खाने सुझाव दिएकी छन् । एउटी आमाको लागि सन्तानको चाहना पुरा गर्न नसक्नु भन्दा नरमाईलो के नै होला र ? कथा मार्मिक,सरल र सुबोध छ ।शिर्षकले सार्थकता पाएको छ ।

कथाको बिषयभाव राम्रो भएपनि उठान दरिलो हुन सकेको छैन । उठानमा आमाले बाबु तिमीलाई के पकाईदिउ ? म जे खान मन छ त्यही पकाउछु भनि शुरु गर्न पाएको भए कथा विपरित भावमा समापन हुने र अझ रोचक हुन्थ्यो जस्तो लाग्छ मलाई ।

लघुकथाकार अनुग्रह राना मगर ‘पुष्प’को साहित्यिक यात्रा अझ सुढृढ हुदै जाओस् । थुप्रै लघुकथा लेखिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह यथाशिघ्र प्रकाशित होस् भन्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हरिवन- १०, सर्लाही
हाल म.थि.न.पा -३, भक्तपुर

लघुकथा – भाकल
अनुग्रह राना मगर ‘पुष्प,

प्रवासको लामो समय पश्चात् घर पुगें । घरमा निक्कै राम्राराम्रा ठुलठुला सर्लक सर्लक परेको कुखुराको भालेहरु रहेछ । यसपाली त बाआमाले कुखुरा चाहिँ मज्जाले पाल्नु भएको रहेछ। प्रगति त राम्रो गर्नु भएको रहेछ । एकातिर मौसमले च्यालेन्ज गर्दै थियो सिमसिम पानी परेर । आज चाहिँ बाआमालाई भनेर रातो भालेको सुप कसो होला स्वादे मनले भन्यो ।

आमा आँगनिको छेउमा दाउरा उठाउदै थिइन् । मैले भने आमा ! यसपालि त कुखुराका भालेहरु निक्कै सप्रेका रहेछन् है ?
आज यसो एउटा जाडोमा पो कसो होला भनेर कुरा थपें फेरि ।

आमाले भनिन् हुन्थ्योनी छोरा के गर्नु तेरो बुवा बिरामी भको भकै गर्नुहुन्छ ? धामिझाँक्रीलाई ल्यायो, यसलाई एउटा उसलाई एउटा सबै “भाकल” गरेको मात्र छ । अब सुपै खाने भए उता चल्ला छ हुन्न बाबू ?

पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...