Friday 15th May 2026

अनेसास न्यूह्मसायरको आठौ बार्षिक साधारण सभा तथा ११३औ लक्ष्मी जयन्ती सम्पन्न


तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी अध्यक्षले नेपाली – अमेरिकन राष्ट्रिय गान गाउनु भएको थियो । अनेसास न्यूह्यामसायरका पूर्व सचिव एवं साहित्यकार राम भण्डारीले लक्ष्मीप्रसाद देवकोटाको वारेमा अत्यान्त महत्वपूर्ण टिप्पणी गर्नु भएको थियो ।
तत्पश्चात महासिचवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरी पारित गरिएको थियो ।

कार्यक्रममा निर्वाचन

प्रमुख शिवकुमार राईले निर्वाचन परिणामको घोषणा गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ खुवाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूजाले नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने, निर्वाचन मण्डलका डा. रूद्र अर्याल र क्षत्रकुमारी गुरूङबाट खादा लगाइ शुभेक्षा व्यक्त गरिएको थियो ।

कार्यक्रममा गैह्र आवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा संपदा समितिका उपसभापति महेश्वर पन्त, गैह्र आवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा संपदा समितिका सदस्य एवं संस्थाका प्रधान संपादक ईश्वरी भट्ट , साहित्यकार युवराज मैनाली, राज मित्र प्रतिष्ठानका संरक्षक एवं वोस्टन लायन्स क्लव अध्यक्ष साहित्यकार सुशील नेपालको विशेष आतित्थ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापनगर्दै न्यूह्यामसायर च्याप्टरको यो कार्यक्रमबाट यसबर्षको लक्ष्मी जयन्तीको सप्ताह सुरूभएको भन्नुहुँदै संस्थाले गरेका कामहरूको प्रशंसा गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा रचना वाचन तथा शुभकामना मन्तव्य राख्नु हुनेहरूमा प्रा.डा. रूद्र अर्याल, रामचन्द्र भण्डारी, सुशील नेपाल, हरिकुमारी गुरूङ, युवराज मैनाली, महेश्वर पन्त हुनु हुन्थ्यो ।

त्यसैगरी स्तुती खतिवडा, प्रेमसागर खतिवडा, जुनिपर, विदिसा, दीक्षिता, सिनोरा गुरूङलगायतको समूहले देउसी भैलो र नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा एन आर एन ए पूर्व च्याप्टर अध्यक्ष एवं वि डि ए अध्यक्ष डम्बर कडरिया, वर्तमान अध्यक्ष कमल ढुंगाना, नेपाली समाजका अध्यक्ष शान्ता विष्ट, तमु समाज अध्यक्ष हितमान गुरूङ, एन आर एन ए महिला कोअर्जिनेटर सुन्दरी गुरूङ, अनेसास न्यूह्यामसायरका संरक्षक उमेश कोइराला, बोस्टन लायन्स क्लव अध्यक्ष सुशील नेपाल, लक्ष्मी प्रतिष्ठानका बटु न्यौपानेसहित अनेसासका आजीवन सदस्यहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाकी महासचिव हरि कुमारी गुरूङ र प्रधान संपादक ईश्वरी भट्टले संचालन गर्नु भएको थियो । भट्टले कार्यक्रममा आगामी बर्षका कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । महासचिव हरिकुमारी गुरूङलाई सुन्दर कार्यक्रम व्यवस्थापन गकेकोमा प्रमुख अतिथि पूजाले प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।

अध्यक्ष हरिमाया अधिकारीले सबैलाई धन्यवाद दिँदै सभा समापन गर्नु भएको कार्यक्रममा मैया ढुंगाना, राम श्रेष्ठ, ईश्वरी भट्ट, उषा गुरूङ, हरिकुमारी गुरूङ, प्रदीप कार्की , दिन वन्धु प्रेमीहरूबाट तयार पारिएको मिठो परिकार निशुल्क प्रदान गरिएको थियो भने, हितमान गुरूङ, हरिकुमारी गुरूङ, क्षत्र गुरूङ, राम भण्डारी, ईश्वरी भट्टलगायतका व्यक्तिहरूले समापन पश्चात सरसफाइ व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।
आगामी कार्यकाल २०२१-२०२३ का लागि अनेसास न्यूह्यामसायरमा निम्नानुसार व्यक्तिहरू सर्व सम्मत चयन हुनु भएको छ ।

हरिमाया अधिकारी-(अध्यक्ष)
राम श्रेष्ठ-(उपाध्यक्ष)
राधा थापा-(महासचिव)
नन्द शर्मा-सचिव
सुवास श्रेष्ठ-(कोषाध्यक्ष)
निगम रिमाल-(सदस्य)
घनश्याम शर्मा दाहाल-(सदस्य)
तारादेवी न्यौपाने-(सदस्य)
उषा गुरूङ–(सदस्य)


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...