Thursday 22nd October 2026

लघुकथा: इज्जत -नारायण कोइराला


मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें।
त्यहीँबाट आवाज आयो।”हामी अनुशासित किन हुने?” हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने।

“युवतीहरुको रक्षा हाम्रो धर्म हो “, अर्कोले थप्यो।

म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो।
सर्यक्क सुरुक्क आवाज आयो । “के को आवाज?” मेरो मन डरायो।

ऐया!ऐया!भनेको सुने।रुखको आडमा बसी हेर्ने प्रयास गरें।उनले तान्दै थिइन्। ऊ चुपचाप थियो।

एक्छिन लुच्छाचुडी चल्यो। उसको मुख उनको मुखमा जोडियो।उनले पनि साथ दिईन्।दुई प्यास एक भयो। केही बाँकी रहेन उनीहरूले परम सुखको अनुभव गरे। दुबैजना लठ्ठिए।

त्यही बाटो युवती बचाउ अभियानको जमात आयो। ऊ झस्कियो। उनी रोएको नाटक गरिन्। “के हो यो?” जमातको प्रश्न ठडियो। उनी केही बोलिनन्। उसको आवाज कसैले सुनेन।

“युवतीको यौन चाहनाले न त आफ्नो इज्जत बचाउन सक्यो। न त पुरुषको पुरुषार्थ।”

नारायण कोइराला
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

प्रतिकृयाहरू
...