Wednesday 30th September 2026

लघुकथा: इज्जत -नारायण कोइराला


मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें।
त्यहीँबाट आवाज आयो।”हामी अनुशासित किन हुने?” हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने।

“युवतीहरुको रक्षा हाम्रो धर्म हो “, अर्कोले थप्यो।

म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो।
सर्यक्क सुरुक्क आवाज आयो । “के को आवाज?” मेरो मन डरायो।

ऐया!ऐया!भनेको सुने।रुखको आडमा बसी हेर्ने प्रयास गरें।उनले तान्दै थिइन्। ऊ चुपचाप थियो।

एक्छिन लुच्छाचुडी चल्यो। उसको मुख उनको मुखमा जोडियो।उनले पनि साथ दिईन्।दुई प्यास एक भयो। केही बाँकी रहेन उनीहरूले परम सुखको अनुभव गरे। दुबैजना लठ्ठिए।

त्यही बाटो युवती बचाउ अभियानको जमात आयो। ऊ झस्कियो। उनी रोएको नाटक गरिन्। “के हो यो?” जमातको प्रश्न ठडियो। उनी केही बोलिनन्। उसको आवाज कसैले सुनेन।

“युवतीको यौन चाहनाले न त आफ्नो इज्जत बचाउन सक्यो। न त पुरुषको पुरुषार्थ।”

नारायण कोइराला
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...