Tuesday 29th September 2026

लघुकथाः प्यास -पुष्पा नेपाल (सुवेदी)


एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन।

यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी खोज्दै ऊ जंगलको झन् वीचतिर पुग्यो । त्यहाँ एउटा ठूलो र सुन्दर तलाउ थियो । यो देखेर ऊ ज्यादै खुशी भयो र तलाउको छेउमै पुग्यो।बटुवालाई यति प्यास लागेको थियो कि ऊ आफ्नो शरीरै डुबाएर पानी पिउन चाहन्थ्यो । त्यसैले उस्ले छेउबाटै पानी नपिएर तलाउभित्रै पस्यो । छेउमै पनि तलाउ धेरै गहिरो थियो । त्यसैले ऊ ह्वात्तै पानीभित्र पस्यो । अलिअलि मात्र पौडन जान्ने बटुवा तलाउको वीचसम्म त जसोतसो पुग्यो तर किनार भेट्न सकेन।

प्यास मेटाउने तिब्र चाहनाले उस्को प्यास त मेटियो तर पुरै जीवन खतरामा पर्यो।

पुष्पा नेपाल(सुवेदी)
इलाम


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...