Wednesday 7th January 2026

कविताः आत्मत्यागी – छन्द: स्रग्धरा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


म्रभ्नैर्यानां त्रयण, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो,
भिक्षा भारी उज्यालो, अझ वन-वनको साग सिस्नु उज्यालो ।
फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो,
तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो उज्यालो ।। सत्य सन्देश- लेखनाथ पौड्याल

होपापापी बढेको सकल भुवनमा लोभको राज्यसत्ता
ज्ञानावस्था हरायो सकस मनुजता जिन्दगी आत्मरक्षा
आत्मत्यागी रहेनन् हरपल जगमा देख्दछौँ होडबाजी
तृष्णा जालो बढेको दिनदिन मनमा दानवी चालबाजी ।🌷🙏🌺

लोभी पापी बनेका असुर कपटमा मार्दछन् लोकवाद
तानातानी गरेका खुबसित घरमा पाल्दछन् ज्यानमारा
आफू मात्रै गराए झलमल घरमा सोच्दछन् मोजमज्जा
लात्तालात्ती चलेको हतपत यिनको मार्दछन् लोकसत्ता ।🌷🙏🌺

चौकीदारी गरेका हरपल पदको छाड्दछन् लोकसेवा
हाकाहाकी भएको असिमित धनको आडमा लोकहत्या
हान्दै मार्दै डुलेका भकभक यिनले झोकमा लोकवार्ता
गाह्रोसाह्रो परेको असल मनुजमा झेल्दछन् ज्यानमुध्दा।🌷🙏🌺

ज्ञानी मान्छे भनेका खलबल नगरी पाल्दछौँ लोकवाद
धोकेबाजी बढेका गडबड रणमा फाल्दछन् ज्ञानयोग
दोषग्राही समाए अलमल नगरी खोज्दछन् दोष मात्र
दोसामोसी चलाए प्रचलन झुटको पापको होमकुण्ड ।🌷🙏🌺

इर्श्या नानी बसेकी सुर र असुरको साथमा एकनास
इर्श्या हावी हुनाले झटपट असुरले मार्दछन् कर्मवाद
द्यौता ज्ञानी बुझेका हतपत उनले छाड्दछन् पक्षपात
तृष्णा इर्श्या असत्ती अलमल डरले घुम्दछन् मध्यरात ।🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...