Wednesday 29th July 2026

बच्पनमा खेलेको त्यो होली सम्झंदा


नारायण कोइराला – भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा खुसीको लहर नै फैलन्थियो।
त्यसमा पनि होली हाम्रो लागि छुट्टै किसिमको रमाइलो लिएर आउँदथ्यो । जब हामी होली खेल्न तयारी गर्द थियौँ, त्यो बेलामा आज जस्तो आधुनिक किसिमको पिच्करी पनि कहाँ हुन्थियो र! बाँसको डुग्रोलाई पिच्करी बनाउनु पर्ने अबस्था थियो। बाँसलाई एकतर्फ मुख अनि अर्को तर्फ प्रेस दिने ठाउँ बनाउनु पर्दथ्यो । त्यो पनि सबैलाई बनाउन आउँदैन थियो । जसलाई आउँछ उसको भाउ त्यो बेला अलि बढी हुने गर्दथ्यो।
आजभोलि जस्तो कलर पाउने अवस्था कहाँ थियो र!अबिर, केसरीलाई मिलायर कलर बनाउन पर्दथ्यो । त्यो पनि आमाले देख्नु भयाे भने पूजा गर्न राखेको अबिर, केशरी सक्ने भयो भनी लखेट्नु हुन्थियो । हुन पनि के गर्नु आर्थिक अवस्थाले पनि मानिसलाई छुच्यो बन्न बाध्य बनाउँदो रहेछ ।
यो त,होली खेल्ने तयारीको कुरो भयो । दिनभरि साथीभाइ संग बाटोघाटोमा होली खेल्दै गर्दा रमाइलोको त सीमा नै हुँदैनथ्यो । शरीर भरी कलर भए पनि हामी खेली नै रहन्थ्याैं ।
तर आजभोलि होलीको रूप नै परिवर्तन भएको छ। आजभोलिको होलीमा पहिला जस्तो रमाइलो कहाँ छ र? कुहिएका अण्डा हिर्काउने चलन पनि छ । त्यत्तिमात्र कहाँ होर,बजारमा पाइने केमिकल युक्त कलरहरु मानिसको स्वास्थ्यमा नै नराम्रो असर गर्ने अवस्था छ । अनावस्यक रुममा अरूलाई दुःख दिने पनि गरिन्छ ।
अहिलेको होली मनाउँदा आमा बुबाले गाली गर्ने अवस्था पनि छैन । केटा केटी यति स्मार्ट भइसकेका छन कियो त उनीहरूको अधिकारको कुरो हो रे । यसलाई बुद्धिको विकास भन्ने की? बालबच्चाको लापरबाही । हुन् त समय अनुसार चाडपर्व पनि केही मात्रामा परिवर्तन त हुन्छन् नै, हुन पनि पर्छ । त्यति मात्र कहाँ हो र! अहिले त सालै पिच्छे होली खेल्ने नयाँ कपडा किनिदिनु पर्ने, पिच्करी किनिदिनु पर्ने नत्र बाल अधिकार हनन हुने अरे । अहिले त के के हो के के ! हुँदा हुँदा विद्यालयले समेत होलीको लागि केटाकेटीलाइ एक दिनको लागि भए पनि होली खेल्ने कपडा (टिसर्ट) किन्दिनु भनेर पत्राचार गर्न थाले ।
फेरि म पुरानै होली तिर गए।जब दिनभर बासको डुग्रो सग होली खेल्यो।साँझ घर आउँदा आमको अनुहार अर्को रूपमा हुन्थ्यो । एक्छिन चिच्याउनु हुन्थ्यो, कराउनु हुन्थियो। आखिर माया त हुन्छ नै, फेरि बाल्टीमा पानी लिएर आउनु हुन्थियो । त्यो माया आज भोलि कहाँ छ र? चिसो पानीले दिनभरिको कलर धोएपछि आमाले पकाएको खाना खाउन्जेल वहाँको रिस हराई सकेको हुन्थ्यो । आजभोलि जस्तो मोबाइलको जमाना पनि थिएन । आमा एकातिर मोबाइलमा छोरो अर्को तिर । अनि खाना खाई सकेपछि शुद्ध तोरीको तेल दिएर आमाले ‘यो लगा दिनभरको धूलो अनि कलरले ज्यान जलेको होला’ भन्नु हुन्थ्यो ।
त्यो पुरानो होली आज पनि मेरो आँखामा घुम्दै छ । हुन त यसपाली होली मनाउने अवस्था छैन । कोरोना सँग खेलवाड नगरौं, घरमै बसौं । घरमै बसी रमाइलो गरौं । हेप्पि होली (फागुूर्णिको शुभकामना)।

नारायण कोइराला
तानसेन पाल्पा
हालः यूएई।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...