Sunday 19th May 2024

कविता: शिवको पूजा – छन्द: शार्दूलविक्रीडित -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि)


ॐ नम: शिवाय ।

सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺

काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय आफ्नो स्वार्थ पुरा गर्नमा बित्दछ । आफ्नो मनको भाव जस्तो छ उस्तै बाहिरी संसारमा देख्ने गर्छ हरेक व्यक्तिले । दुष्टले आफू दुष्ट भएको हुँदा हरेक व्यक्तिलाई शंकाले हेर्नु र आफै तर्सिनुको कारण पनि यही हो । आनन्द दिनुमा छ आफूले अरुबाट लिनुमा छैन भनी ज्ञानीहरू भन्ने गर्छ्न् ।

आत्मामा रहने बिभिन्न थरिका सारा कुचेष्ठा सब
दुष्टात्मा जगका कलङ्क मनुवा घाती सखापै गर
पुन्यात्मा गतिला उदार मनुवा रक्षा गरेको निको
शुध्दात्मा अहिले परेर पिरमा सारै दुखेका अहो।🌷🙏🌺

स्वार्थी दानवले यहाँ भुवनमा मान्छे सताए निकै
मान्छे घात गरी इनाम पगरी आफू लगाए खुबै
सारा दुष्टहरू मिलेर जगमा आगो लगाए अनि
यस्ता दुष्टहरू अतीव घटिया बढ्दै गएका पनि ।🌷🙏🌺

ब्रह्माको महिमा अपार गरिमा मान्छौँ सबैले सदा
पूजा विष्णु गरी बयान शिवको सुन्छौँ सबैले कथा
राम्रो भित्र भए सदैव त्यसले तान्यो सुनौला कुरा
राखेमा कपटी कुभाव मनमा मान्छे असत्ती मरा ।🌷🙏🌺

मान्छेले मनमा सदैव गतिला राम्रा कुराले भरौँ
हामी ध्यान गरी इमान मनमा राखी बढाऊँ बरु
देवीको अणिमा अपार महिमा पूजा गरौँ देवता
भन्दैछन् जनले उदात्त मनले दानी बनेका सदा ।🌷🙏🌺

द्यौताले अणिमा अपार महिमा बाँडी डुलेका सदा
द्यौताको लघिमा विवेक वशिता प्राकाम्य पाए यता
यस्तो प्राप्ति हुँदा अपार सुखमा हामी हुनेछौँ सदा
हामीले शिवको सदैव मनितो राखे बढिन् ईशिता ।🌷🙏🌺

-हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...