Wednesday 7th October 2026

कविताः अनाथ -पुष्पा नेपाल सुवेदी


म
जन्मदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन
सृष्टिकै रचना हु म
ईश्वरको कुनै श्राप होइन ।
मान्छेहरु
किन मलाई ढुङ्गा जस्तै व्यवहार गर्छन्
फूल होइन,ढुङ्गा नै प्रहार गर्छन् ।
ए मान्छेहरु
तिम्रो जस्तै छ मेरो पनि मन
पिडा हुँदा दुख्छ
उस्तै छ आँखाहरु परेलीमा आँशु खस्छ
म जन्मिदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन ।
मान्छेहरु
मलाई यता धकेल्छन्
घरि उता धकेल्छन्
दया देखाएर
मज्जाले प्रयोग पनि गर्छन्
तर
बा आमाले दिने माया
महसुस गर्ने मन छ
खुशी खुशी रमाउने जीवन छ।
म
जन्मिदै बा आमा गुमाउनु
मेरो कुनै पाप होइन
सृष्टिकै रचना हु म
ईश्वरको कुनै श्राप होइन

पुष्पा नेपाल सुबेदी
इलाम


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...