Wednesday 3rd March 2021

कथाः सोनुको विदेशी प्रेमी सँगको दोसाँधको जिन्दगी


रोजिना ढुंगाना – सोनु मेरी मिल्ने साथी हुन तर खै कुन्नि उनी अक्सर मौन बस्छिन कम्ति बोल्छिन,धेरै बाहिर फेर पनि निस्कन्नन् । नातामा मेरी मिल्ने साथी भएर पनि सबै कुराहरु खोलेर कहिलै भन्दिन थिइन तर पनि उन्को धेरै कुरा मलाइ थाहा थियो । सोनु हँसिली र सबैलाइ माया गर्थिन ।अरुको दुख सुन्दा धेरै दुःखी हुन्थिन् अनि खुसीमा रमाउथिन । सानै देखि स्ंगै भएर पनि होला, मलाइ सोनुको असाध्यै माया लाग्थ्यो । उन्को मिठो बोलीले सबैले उन्लाइ मन पराउथे । साह्रै इमान्दार थिइन् सोनु । इज्जत र मान सम्मानलाइ सधैँ ख्याल गर्थिन् ।

म आज उनै सोनुको कथा लेख्दैछु । सानी छ्दाँ पनि धेरै दुःख गरेकी सोनु आज सम्म पनि उन्ले सुख भने पाएकी छैनन। कैले के, कैले के ले बिझाइ रहन्छ उन्लाइ । म उन्की नजिक कि साथी भएर उनको दुःख -सुख बुझेकी थिएँ । उनी एक्ली थिइन् । उन्लाइ साथ दिने सोनुको एउटा प्रेमी थियो । बिगत दसौँ वर्ष देखि उनी उसलाइ प्रेम गर्थिन । मान्छे राम्रै थियो । धेरै माया गर्थ्यो सोनु लाइ तर विदेशी थियो । सोनु पनि उस्लाइ उति नै माया गर्थिन एक अर्का बिना बाच्नै नसक्ने भै सकेका थिए।

उनीहरू रिलेसनशीपमा बसेको दसौँ वर्ष भै सकेको थियो तर यो समबन्ध बारे उनी खुलेर कहिल्यै भन्दिन थिइन् । यसका कारण अनेकौँ थिए त्यसमाथि प्रेमी नेपाली थिएन। मैले सबैको सामु ल्याउ, खुलेर जिउ भनेर धेरै पटक भने पनि । एक्लो जिन्दगीमा एउटा प्रेमी बनाउनु कहाँ गल्ति थियो र ? २१ सौ सताब्दीमा धर्म, देश जाति कस्ले मान्छ र ? मेरो मतलब उनको प्रेमी विदेशी के फरक पार्छ र ? आखिर जिन्दगी तिम्रो हो दुइ, चार जानाले कुरा काटे पनि, गाली गरे पनि सहिदिनु । तिम्रो छेवैमा कसैले नभन्ला पछाडि भन्नेलाइ मत्लबै नगर्नु मैले जति भने पनि पटक्कै मान्दिन थिइन् उनी ।

हाम्रो समाजमा साँचो माया मात्रैले पुग्दैन । देश, धर्म र जात पनि चाहिन्छ। समाजमा जन्मि सकेपछि हामीले गरेको प्रेम पनि समाजले पचाउने खाल्को हुनु पर्ने विडम्बना छ । सच्चा, इमानदारी, इज्जतको ख्याल गर्ने हुँदा हुँदै पनि यदि समाज का २-४ जनालाइ मन परेन कि घर परिवारलाइ औँला उठाउँछन् । परिवारमा आमा, बुबालाइ कसैले केहि भन्ला कि भनेर सबैको बारेमा सोचेर सोनु डराइ रहन्थिन् । मलाइ लाग्छ यो पनि इज्जत र इमान्दारिताको पाटो नै थियो । सोनु र उनको प्रेमीको माया देखेर म मनमनै खुसी हुन्थेँ र भगवान सँग प्रार्थना पनि गर्थेँ कि – उनीहरु को बाँकी जिबन स्ंगै र सफल होस । सफल असफलको पनि के कुरा गर्नु र, यतीका वर्ष त हाँसी खुशी यात्रा गरि सकेका थिए उनीहरूले । बाँकी जिन्दगी के नै होला र ? एक अर्कामा प्रेम, एक अर्काको ख्याल गर्दथे उनीहरू । त्यस्तो माया त नेपाली-नेपाली बिच पनि थोरैमा मात्रै हुन्छ । जहाँ सम्म मै ले देखेकी छु त्यस्ता सुखी र खुशी जोडी बिरलै पाइन्छन् ।

सोनुलाइ मैले आफ्ना बिचार र सल्लाह सुझाबहरु धेरै पटक दिएँ । आखिर जिन्दगीको के भरोसा छ र एक दिन मर्ने त अबस्य छ । बाँचुन्जेल स्वयंको खुशी हेर, तिमी केमा खुसी हुन्छौ त्यो हेर । उनी समाज र आफन्तको पिर चिन्ता बाहेक आफ्नो बारेमा केहि सोच्न सक्दिन भन्थिन् । चिची पनि पापा पनि एकै साथ मिल्दैन, तिमी खुशी हुन चाहन्छाै भने प्रेमीलाइ सबै सामु ल्याउ । होइन, परिवार र समाज भन्छाै भने नेपाल गएर नेपाली केटासँग विवाह गरेर बस पनि भने । यस्तो लुकिछिपीको जिन्दगीमा सोनुको जिन्दगी बर्बाद भएको देख्थें म । नेपाल गएर विवाह गर्ने कुरा पनि अस्वीकार गर्थिन उनी । माया एउटा सँग अनि बिहे अर्को स्ंग त्यो त हुनै सक्दैन भन्थिन्। हुन पनि हो तर मलाइ लाग्छ यो समाज र परिवारले पनि सोनु लाइ बुझ्नु पर्छ सोनु जस्ती कर्तब्यनिष्ठ र इमानदार छवि भएकी केटिलाइ विदेशी या स्वदेशी मायाले फरक नपार्नु पर्ने हो ।

विदेशमा रहेर समाजको आँखामा एक्लो जिन्दगी बिताइरहेकी सोनुले आफ्नु घर परिवारलाइ आफुले कमाएको कमाइ कति पनि खर्च नगरी पठाउँथिन् । आमा बाबा को ख्याल र भाइ बैनि को पढाइ लेखाइ देखि बिहे दान सम्मको दायित्व पुरा गरेकी थिइन् सोनुले । अब बाँकी
उनकै जिन्दगिको थियो तर सोनुले किन आफ्नो भबिस्य को चिन्ता नलिएकी होलिन? भोलि बुढेसकालमा उनलाइ कस्ले देला साहरा ? उनी भन्छिन भोलि कस्ले देखेको छ र बुढी होउन्जेल बाँचिन्छ भन्ने ग्यारेन्टि कस्ले लिन सक्छ र? मेरा परिवार सुखी र खुशि होउन्, समाजमा म यसरी नै जिउछु । जिन्दगी के नै हो र भनेर छोटा कुरा गर्छिन् । के यसरी जिन्दगी चल्छ र ?


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान…

तितोपाटी- जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख…

तितोपाटी-  नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले…

प्रतिकृयाहरू