Thursday 29th October 2026

कविताः के अचम्म मान्नु खै? -नारायण कोइराला


हार्ने र जित्नेको मतलब यहाँ भएन
को हो?सक्षम त्यसको त झन अर्थ रहेन
आफ्नो पदको लागि हर कुरामा सम्झौता
जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।।

हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ
बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ
जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा
को हो? यसको नाइके हुँदैन पहिचान यहाँ ।।

राजधानी सर्यो यो कुनै मुद्दा होइन
के सम्झौता भयाे अब बुझ्न गाह्रो भएन
भ्रष्टाचारले भिज्दा पनि केही फरक परेन
शक्तिको अगाडि हाम्रो केही लागेन ।।

अर्थको कुण्डमा होमिन पाउँदा मन त खुसी भा होला
जनताहरू सडकमा रुँदा पनि नेतालाइ मालामाल झोला
हामी सधै कति बोली रहनु अन्धा छन यहाँ सबै
के अचम्म मान्ने खोइ? परम्परा भो यहाँ यस्तै ।।

नारायण कोइराला
तानसेन पाल्पा

हाल युएई


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

प्रतिकृयाहरू
...