Monday 12th January 2026

रामेछापमा जन्मिएर राजधानीका सफल रेस्टुरेन्ट व्यवसायीः कुमार भण्डारी


आ.बि.बुढाथोकी – होटल रेस्टुरेन्ट व्यवसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान । उबेलाको निकै बिकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल व्यवसायी सम्म आइपुग्दा कुमार भण्डारीले निकै उतार चडाब भोग्नु भएको छ । पैसा कमाउन विदेश नै जानु पर्दैन भन्ने एक अब्बल उदाहरण पनि उहा स्वयंले साबित गरेर देखाउनु भएको छ।

बुबा उदय बहादुर भण्डारी र माता कोटि कुमारी भण्डारी कोखबाट मिति २०३४/१२/०४ गतेको दिन उहाँको जन्म खाडदेबी गाउपालिका वार्ड नम्बर ८ भदौरे रामेछापमा भएको थियो । उहाँको परिवारमा दाई पछिका माइलो छोरो, एक भाई र दुई दिदी हुनुहुन्छ । मध्यम परिवारमा जन्मनु भएका भण्डारीले प्राथमिक शिक्षा आफ्नै गाउमा पुरा गनु भयो भने त्यसपछी ६ देखि १० सम्म श्री प्रयागेश्वर मा. बि. फुल्पा पकरवासबाट पुरा गर्नु भयो । उहाँले सो स्कुललाइ सक्दो आर्थिक सहयोग गर्नु भयो र आहिले त्यहाँ डिग्री सम्मको पढाइ हुन्छ। उहाको पालामा १० सम्म हुन्थ्यो त्यहिबाट उहाँले २०५० सालमा फस्ट डिभिजनमा एसएलसी पास गर्न सफल हुनु भएको थियो । उहाले पढेको स्कुल भदौरेमा अहिले बिबिएस सम्म पढाइ हुन्छ र अहिलेका बिद्याथीलाई निकै सहज भएको छ नत्र दुई घण्टा हिंडेर पकरवास पुग्नु पर्थ्यो ।

उच्छ शिक्षाको लागि जब उहा राजधानी छिर्नु भयो तब उहाँका संघर्षका दिन शुरु भए । जावालाखेलको रोयल फास्टफुड एन्ड केक सपमा वेटरको रुपमा काम गर्दै मिन भबन क्याम्पस आइ कम अध्ययन गर्न थाल्नु भयो । आइकम पास गरे पछि २०५४ सालमा नेपाल आर्मीको क्याडेटमा अफिसरको लागि दर्खास्त दिनु भयो तर सफल नभए पछि पुनः आफ्नै काममा इमानदारिका साथ लाग्नु भयो । सिनियर वेटर, क्याप्टेन, क्यासियर हुँदै सोही रेस्टुरेन्टमा उहाँ म्यानेजर पद सम्म पुग्नु भयो र यो अबधिमा उहाँलाई विदेशी कयौ गेस्टहरुले विदेश लैजाने अफर दिए तर उहाँको मन मानेन र एक दिन आफ्नै पेशा गरेर आँफै साहु हुने दृढविश्वासका साथ अघि बड्दै २०५७ सालबाट सुरुमा रिगल इमेज क्याफे थापाथलीबाट व्यवसायिक यात्रा शुरु गर्नु भएको हो ।

त्यतीबेला सम्म उहाँले बि कम सम्मको पढाइ सम्पन्न गरी सक्नु भएको थियो । आफ्नो व्यवसायमा बिस्तारै सफल हुँदै गए पछि उहाँले २०५९ सालमा कोटेश्वर निवासी क्याप्टेन लाल ब. कार्की र सीता कार्कीको कान्छी छोरी सरिता कार्कीसँग विवाह बन्धनमा बाधिनु भयो । उहाँको जिबन सङगिनिले पनि आफ्नो व्यवसायमा निकै साथ,सहयोग दिएकै कारण उहाँ आजको स्थितिमा पुग्न सफल हुनु भएको हो । उहा अहिले दुई जुडुवा छोरा र एक छोरी आफ्नै बलबुताले बनाएको घर कोटेश्वरमा बस्नु हुन्छ ।

फास्ट फुड एसोसिएसनको पुर्व सदस्य समेत रही सक्नु भएका भण्डारीले काठमान्डौ भ्यालीका १४५ फास्ट फुड तथा क्यापेको हकहितमा समर्पित भएर आबाज उठाउदै आउनु भएको छ। टिभी मिडिया र पत्र पत्रिकामा एक सफल युबा व्यवसायी भनेर निकै चर्चा गरिने उनै कुमार भण्डारी अहिले सबै विदेशीन खोज्ने युबाहरुका लागि प्रेरणाका श्रोत साबित भएका छन । इमानदारी,लगन, संयमताका साथ लागेमा सफल हुन कुनै देश जानु पर्दैन भन्ने उहाँले साबित गरेर देखाउनु भएको छ । आफ्नो व्यवसाय सँगै दर्जनौ सामाजिक संघ सस्थाहरुमा आबद्द भण्डारी दिन दुःखीहरुलाई दिल खोलेर सहयोग गर्न रुचाउनु हुन्छ । सामाजिक कार्यका लागि भनेर उहाले कमाएको १० प्रतिशत रकम सदैब छुट्याएर राख्नु हुन्छ र त उहाँलाई कहिले बाल आश्रममा, कहिले ब्रिद्द आश्रममा त कहिले दिन दुःखीको घर आगनमा पुगेको देख्न सकिन्छ । सामाजिक कार्यमा सकृय रुपमा लागेका कारण उहाँलाई बिभिन्न प्रमाण पत्र र कदर पत्रका साथ संघ सस्थाहरुले सम्मान गरेका छन ।

सामाजिक कार्य संगसँगै धार्मिक कार्यमा पनि त्यतिकै सकृय रुपमा लागि पर्ने कुमार भण्डारीले बिभिन्न मठ, मन्दिर, क्लब, टोल सुधारमा पनि सक्दो सहयोग पुर्याउदै आउनु भएको छ । आफू जहाँ पुगे तापनि आफ्नो जन्म थालो र आफ्ना माता पितालाई कदापी भुल्नु हुन्न भन्ने सोच राख्नु हुने उहाँ बेला बेलामा आफ्नो जन्म थलो रामेछाप पनि पुग्नु हुन्छ र बिभिन्न धार्मिक कार्यको आयोजना गरेर आफ्ना माता पिताको इच्छा पुर्याउनु हुन्छ । गाउँका स्कुल तथा अन्य सामाजिक संघ संस्थालाई पनि उहाँले खुलेर आर्थिक सहयोग गरेका कारण लोकप्रियता कमाउनु भएको छ । आफ्नो र आफ्नो परीवारको जन्म दिन कुनै बाल आश्रम या ब्रिद्द आश्रममा पुगेर केक काटेर मनाउन रुचाउने भण्डारी अलि भिन्न र उदार स्वभाबका हुनु हुन्छ । २०७७ सालमा आफ्नो गाउँमा बुबा आमाको पैत्रिक सम्पतिबाट स्वास्थ्य चौकी बनाउन २ रोपनी माथि जग्गा निःशुल्क सबै परिवारको तर्फबाट उपलब्ध समेत गराउनु भएको छ । रामेछाप जिल्ला सभापतीको समन्वयनमा जग्गा दान समेत गर्ने पवित्र काम गरेर ३,४ बडाका रोग लागेकाहरुको लागि उपचार गर्ने ठाउँ सित्तैमा उपलब्ध गराएर गाउँमा उल्लेखनिय काम गराउन सफल हुनु भएको छ ।

आफुले गरेको पेशामा उहाँ पूर्ण सन्तुस्ट पनि हुनु हुन्छ । यही पेशाबाट उहाँले छोरा छोरीलाई राम्रो स्कुल कलेज बढाउनु भएको छ भने भने जस्तो ठाउँमा आफ्नो बास पनि खडा गर्न सक्नु भएको छ । स्वदेशको कमाइले उहाँले विदेशी जिबन बिताएको देखे तापनि वास्तविक रुपमा सामान्य ब्यक्तित्व हुनु हुन्छ । व्यवसाय बिस्तार गर्ने क्रममा उहाँले बिगत १८ वर्ष देखि एभरेस्ट क्याफे भाटभटेनी सन्चालन गर्दै आउनु भएको छ र त्यही एभरेस्ट क्याफे सन्चालन सँगै कोटेश्वर चोकैमा सिङ्गै घर लिएर एभरेस्ट फुड्ल्याण्ड पनि १ वर्षसम्म सन्चालन गरि आफ्नो ब्यस्तताले गर्दा सो फुडल्याण्ड आफ्नो पाटनरलाइ छोडेर अनि एभरेष्ट क्याफे भाटभटेनीमा मात्र लागिराख्नु भयो ।

आफु बाचौ र दिन दुःखीलाई पनि बचाउ भन्ने उच्च सोचका साथ अघि बढ्नु भएका भण्डारीले इन्द्रेणी ग्रुपको पनि एक हिस्सा मालिकको रुपमा स्थापित हुनु हुन्छ । अहिले पछिल्लो समय भण्डारीले इन्द्रेणी ग्रुपको महाराजगन्ज र बसुन्धरामा पनि सेयरहोल्डरको रुपमा स्थापित हुनुभएको छ र आगामी दिनका लागि कयौ योजनाहरु बनाएर यही पेशामा समर्पित हुने अठोटका साथ लागि पर्नु भएको छ । अहिलेका युबाहरुका प्रेरणादायी ब्यक्तित्व भण्डारी निकै सहयोगी भाबका हुनु हुन्छ र त उहाँका हरेक कार्य सफल भएका छन । आफ्नै लगनले कमाएको पैसाले विश्वका दर्जन भन्दा ज्यादा देश पर्यटकको रुपमा परिवार सहित घुम्न भ्याएका भण्डारीका आगामी दिनमा युबाहरुलाई लक्षित गरेर केही नयाँ योजना बनाउने र नेपाली श्रम विदेशी भुमिमा खर्चन कम आउने कुरामा विस्वस्त हुनु हुन्छ । पहिलाको तुलनामा आफ्नो गृह जिल्लामा पनि निकै बिकास भएको र युबाहरुले पनि पहिलाको तुलनामा धेरै रोजगारीको अबसर पाएकोमा निकै खुशी ब्यक्त गर्नु हुन्छ ।  हामीले जति दु:ख र कष्ट भोगेर यो स्थानमा आइपुगेका छाैं भाबी पुस्ताले आधा मात्र मेहनत गरे पनि भविष्य उज्वल देख्छु भन्नु हुन्छ ।

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...