Friday 23rd October 2026

भ्रष्टाचारको संरक्षणमा फस्टाउँदै विश्वव्यापी ठगी उद्योग


विश्वभर ठगी (Scam) का घटना बढिरहेका छन्। कृत्रिम बुद्धिमत्ता (AI) लगायत नयाँ प्रविधिका कारण ठगी अझ जटिल र प्रभावकारी बन्दै गएको छ। सन् २०२४ मा मात्रै विश्वभर करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको रकम ठगीमार्फत हिनामिना भएको अनुमान गरिएको छ।

ठगी केन्द्रहरू (Scam Centres) सञ्चालन हुन भ्रष्टाचार मुख्य कारण बनेको छ। घुस, राजनीतिक संरक्षण र कानून कार्यान्वयन निकायसँगको मिलेमतोका कारण यस्ता आपराधिक सञ्जालहरू सुरक्षित रूपमा सञ्चालन भइरहेका छन्।

म्यानमार, जर्जिया, युक्रेन र कम्बोडिया लगायतका देशहरूमा सरकारी अधिकारी वा राजनीतिक प्रभावशाली व्यक्तिहरूले ठगी केन्द्रलाई संरक्षण दिएको आरोप लागेका छन्। यस्ता केन्द्रहरूमा धेरै कामदारहरू झूटा रोजगारीको प्रलोभनमा पारेर मानव तस्करीमार्फत पुर्‍याइन्छ र उनीहरूलाई जबर्जस्ती काम गर्न बाध्य बनाइन्छ।

विशेष आर्थिक क्षेत्र (SEZ), सीमावर्ती क्षेत्र तथा कमजोर निगरानी भएका स्थानहरू यस्ता ठगी केन्द्रका प्रमुख आधारस्थल बनेका छन्। दक्षिण–पूर्वी एसियाका धेरै देशमा निजी क्षेत्रको घुसखोरी नियन्त्रणसम्बन्धी कानुन र सूचनादाता (Whistleblower) संरक्षण कमजोर भएकाले समस्या झन् गम्भीर बनेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्ता ठगी केन्द्र नियन्त्रणका लागि भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था, क्षेत्रीय सुरक्षा निकायबीच सहकार्य, मानव तस्करीमा संलग्न अधिकारीमाथि कारबाही तथा सूचनादाता र अनुसन्धानात्मक पत्रकारहरूको संरक्षण आवश्यक रहेको जनाएको छ।

साभारः Transparency International
तस्बिरः AI


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...