Saturday 3rd October 2026

मलेसियामा रोहिङ्ग्या शरणार्थीविरुद्ध घृणा अभियान, सयौं परिवार विस्थापित


मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको छ।

रोहिङ्ग्यालाई देशबाट निकाल्न माग गर्दै सुरु गरिएको एक अनलाइन याचिकामा ४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको थियो। साथै, “रोहिङ्ग्याबाट मलेसियालाई बचाऔँ” जस्ता नाराहरू पनि फैलिएका छन्।

बढ्दो विरोधका कारण पेनाङ राज्यको एक गाउँबाट १०० भन्दा बढी रोहिङ्ग्या परिवार विस्थापित हुन बाध्य भएका छन्। शरणार्थी बालबालिकाका लागि सञ्चालन गरिएका केही विद्यालय पनि अस्थायी रूपमा बन्द भएका छन्।

मानवअधिकारकर्मीहरूका अनुसार रोहिङ्ग्या समुदाय रोजगारीका लागि नभई म्यानमारमा भइरहेको हिंसा र उत्पीडनबाट जोगिन मलेसिया पुगेका हुन्।

जुलाईमा मलेसियाले ५,००० रोहिङ्ग्यालाई म्यानमार फिर्ता पठाउने योजना सार्वजनिक गरेको थियो। तर मानवअधिकार समूहहरूको आलोचनापछि सरकारले उत्पीडनको जोखिम भएका व्यक्तिलाई जबरजस्ती फिर्ता नपठाइने जनाएको छ।

-france24


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...