Tuesday 27th October 2026

मलेसियामा रोहिङ्ग्या शरणार्थीविरुद्ध घृणा अभियान, सयौं परिवार विस्थापित


मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको छ।

रोहिङ्ग्यालाई देशबाट निकाल्न माग गर्दै सुरु गरिएको एक अनलाइन याचिकामा ४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको थियो। साथै, “रोहिङ्ग्याबाट मलेसियालाई बचाऔँ” जस्ता नाराहरू पनि फैलिएका छन्।

बढ्दो विरोधका कारण पेनाङ राज्यको एक गाउँबाट १०० भन्दा बढी रोहिङ्ग्या परिवार विस्थापित हुन बाध्य भएका छन्। शरणार्थी बालबालिकाका लागि सञ्चालन गरिएका केही विद्यालय पनि अस्थायी रूपमा बन्द भएका छन्।

मानवअधिकारकर्मीहरूका अनुसार रोहिङ्ग्या समुदाय रोजगारीका लागि नभई म्यानमारमा भइरहेको हिंसा र उत्पीडनबाट जोगिन मलेसिया पुगेका हुन्।

जुलाईमा मलेसियाले ५,००० रोहिङ्ग्यालाई म्यानमार फिर्ता पठाउने योजना सार्वजनिक गरेको थियो। तर मानवअधिकार समूहहरूको आलोचनापछि सरकारले उत्पीडनको जोखिम भएका व्यक्तिलाई जबरजस्ती फिर्ता नपठाइने जनाएको छ।

-france24


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...