Saturday 12th September 2026

ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा हुँदैछ


चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात वर्षपछि भएको पहिलो भ्रमण हो।

भारतले आयोजना गरेको ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा हुँदैछ। सीलाई नयाँदिल्लीमा भारततर्फबाट स्वागत गरिएको छ।

सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज साँझ द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। दुई नेताबीचको यो भेट तीन वर्षयता तेस्रो उच्चस्तरीय वार्ता हुनेछ।

भारत र चीनबीच सन् २०२० को गलवान झडपपछि सम्बन्धमा आएको तनाव पछिल्ला वर्षहरूमा क्रमशः कम हुँदै गएको छ। सीमासम्बन्धी विवाद व्यवस्थापनसँगै व्यापार तथा अन्य क्षेत्रमा सम्बन्ध सुधार गर्ने प्रयास भइरहेको छ।

यसपटकको सी–मोदी भेटलाई भारत–चीन सम्बन्ध सुधार तथा विश्वव्यापी शक्ति–सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको छ। पश्चिम एसिया र युक्रेन युद्धका कारण विश्वमा भूराजनीतिक तनाव बढिरहेका बेला नयाँदिल्लीमा चीन, रूस, भारत र इरानसहितका ब्रिक्स राष्ट्रका नेताहरूको जमघटलाई विशेष चासोका साथ हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको…

साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन प्रणाली माथि बिहीबार ड्रोन आक्रमण भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि सुरक्षा सावधानीस्वरूप…

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात…

प्रतिकृयाहरू
...