Tuesday 27th October 2026

मलेसिया रोजगारीमा सीमित २५ म्यानपावरमाथि सरकारी छानबिन सुरु


मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिइएको विषयमा सरकारले छानबिन सुरु गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीहरूको स्थापनाकालदेखि हालसम्मको कारोबार र मलेसिया पठाउने अधिकार कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ।

विभागले ती कम्पनीहरूले वैदेशिक रोजगारीमा सिन्डिकेट (एकाधिकार) कायम गर्न खोजेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। यसअघि कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको भए पनि सरकारी निर्देशनको अवज्ञा गरेको आरोप लगाइएको छ।

मलेसियाले पहिले २५ कम्पनीमार्फत मात्र नेपाली श्रमिक लैजाने सूची सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्वस्वीकृति तथा प्रमाणीकरण प्रक्रिया नै रोकिएको थियो।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...