Saturday 3rd October 2026

मलेसिया रोजगारीमा सीमित २५ म्यानपावरमाथि सरकारी छानबिन सुरु


मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिइएको विषयमा सरकारले छानबिन सुरु गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीहरूको स्थापनाकालदेखि हालसम्मको कारोबार र मलेसिया पठाउने अधिकार कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ।

विभागले ती कम्पनीहरूले वैदेशिक रोजगारीमा सिन्डिकेट (एकाधिकार) कायम गर्न खोजेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। यसअघि कम्पनीहरूलाई स्पष्टीकरण सोधिएको भए पनि सरकारी निर्देशनको अवज्ञा गरेको आरोप लगाइएको छ।

मलेसियाले पहिले २५ कम्पनीमार्फत मात्र नेपाली श्रमिक लैजाने सूची सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्वस्वीकृति तथा प्रमाणीकरण प्रक्रिया नै रोकिएको थियो।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...