Friday 23rd October 2026

रुपन्देही सेवा समाज कुवेतद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग


कुवेतमा क्रियाशील सामाजिक संस्था रुपन्देही सेवा समाज कुवेतले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग प्रदान गरेको छ। गत भदाै १० गते नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लालाइ प्रभावित गर्ने गरि भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ समाजले झण्डै एकासी हजारको हाराहारीमा आर्थिक सहयोग पठाएको हो ।

संस्थाको सहयोग स्वरूप संस्थाका सदस्यहरू बिच संकलन गरि कुवेतस्थित अल मुजैनी एक्सचेन्ज कम्पनी मार्फत ८० हजार ८५१ रुपैयाँ ९० पैसा नेपाल पठाइएको रसिदबाट जनाइएको छ। उक्त रकम ग्लोबल आइएमई बैंक मा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

रसिदअनुसार संस्थाले प्राकृतिक विपद्, आपत्कालीन अवस्था तथा प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।

विदेशमा रहेका नेपालीहरूबाट मातृभूमिप्रति देखाइएको सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रशंसनीय रहेको भन्दै समाजका पदाधिकारीहरूले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...