Saturday 3rd October 2026

रुपन्देही सेवा समाज कुवेतद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग


कुवेतमा क्रियाशील सामाजिक संस्था रुपन्देही सेवा समाज कुवेतले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग प्रदान गरेको छ। गत भदाै १० गते नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लालाइ प्रभावित गर्ने गरि भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ समाजले झण्डै एकासी हजारको हाराहारीमा आर्थिक सहयोग पठाएको हो ।

संस्थाको सहयोग स्वरूप संस्थाका सदस्यहरू बिच संकलन गरि कुवेतस्थित अल मुजैनी एक्सचेन्ज कम्पनी मार्फत ८० हजार ८५१ रुपैयाँ ९० पैसा नेपाल पठाइएको रसिदबाट जनाइएको छ। उक्त रकम ग्लोबल आइएमई बैंक मा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

रसिदअनुसार संस्थाले प्राकृतिक विपद्, आपत्कालीन अवस्था तथा प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।

विदेशमा रहेका नेपालीहरूबाट मातृभूमिप्रति देखाइएको सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रशंसनीय रहेको भन्दै समाजका पदाधिकारीहरूले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...