Tuesday 27th October 2026

साउदी अरबको प्रमुख तेल पाइपलाइनमा ड्रोन आक्रमण, पाइपलाइ अस्थायीरूपमा बन्द


साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन प्रणाली माथि बिहीबार ड्रोन आक्रमण भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि सुरक्षा सावधानीस्वरूप पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा क्षति पुगेको छ र केही स्थानमा आगलागीसमेत भएको देखिएको छ। साउदी विदेश मन्त्रालयले आक्रमण इराकबाट आएका ड्रोनहरूद्वारा गरिएको जनाएको छ। घटनामा केही व्यक्ति घाइते भएका छन्।

यो आक्रमणले साउदी अरबको तेल उत्पादन र निर्यात सुरक्षामाथि नयाँ चुनौती खडा गरेको छ। हाल मध्यपूर्वमा बढ्दो तनाव र इरानसँग सम्बन्धित द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

इराक सरकारले आक्रमणको निन्दा गर्दै दोषीमाथि छानबिन सुरु गरेको र आफ्नो भूमि वा आकाशमार्ग छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...