Saturday 3rd October 2026

चिलीको एक वृद्धाश्रममा आगलागी, कम्तीमा १६ जनाको मृत्यु


दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार राति भएको हो।

आगलागी हुँदा वृद्धाश्रमभित्र २६ जना रहेका थिए। तीमध्ये १० जनालाई सुरक्षित उद्धार गरी अस्पताल पठाइएको छ।

आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...