Saturday 12th September 2026

खोटाङ–कुवेत सम्पर्क मञ्चद्वारा बाढीपीडितका लागि रु. १ लाख ११ हजार १११ सहयोग


खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा कुवेतको साल्मियास्थित एसियन चुला नेपाली रेष्टुरेन्टमा सम्पन्न मासिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको दुःखमा साथ दिने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ। मञ्चका अनुसार बाढी तथा अन्य विपद्बाट प्रभावित नेपालीलाई राहत पुग्ने विश्वासका साथ सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

साथै, खोटाङ–कुवेत सम्पर्क मञ्चले आगामी दिनहरूमा पनि विपद् तथा विभिन्न समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मञ्चले विदेशमा रहेर पनि मातृभूमिप्रति सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवामा निरन्तर सक्रिय रहने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिइएको विषयमा सरकारले छानबिन सुरु गरेको छ। युवा, श्रम…

मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको…

प्रतिकृयाहरू
...