Friday 23rd October 2026

खोटाङ–कुवेत सम्पर्क मञ्चद्वारा बाढीपीडितका लागि रु. १ लाख ११ हजार १११ सहयोग


खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा कुवेतको साल्मियास्थित एसियन चुला नेपाली रेष्टुरेन्टमा सम्पन्न मासिक बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको दुःखमा साथ दिने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ। मञ्चका अनुसार बाढी तथा अन्य विपद्बाट प्रभावित नेपालीलाई राहत पुग्ने विश्वासका साथ सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

साथै, खोटाङ–कुवेत सम्पर्क मञ्चले आगामी दिनहरूमा पनि विपद् तथा विभिन्न समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मञ्चले विदेशमा रहेर पनि मातृभूमिप्रति सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवामा निरन्तर सक्रिय रहने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...