Friday 23rd October 2026

खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन २५ सेप्टेम्बरमा,तयारी पुरा


खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन आगामी २५ सेप्टेम्बर २०२६ (शुक्रबार) राजधानी होटल, खैतानमा आयोजना हुने भएको छ। अधिवेशन सम्पन्न गर्न आवश्यक अन्तिम तयारी पूरा भएको मञ्चले जनाएको छ।

मञ्चद्वारा जारी सूचनाअनुसार कार्यक्रमको सुरुवात गत भदौ १० गते भेटिकोशिको बाह्रबीसेमा ज्यान गुमाएका दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरेर गरिनेछ। त्यसपछि अधिवेशनको औपचारिक सत्र सञ्चालन हुनेछ।

कार्यक्रममा स्थानीय कलाकारहरूको सहभागितामा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ। मञ्चले सोही दिन अन्य नेपाली संघ-संस्थाहरूलाई कुनै कार्यक्रम आयोजना नगरी सहयोग गर्न अनुरोध गरेको छ।

कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई भव्य र सफल बनाउन मञ्चले आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...