Saturday 3rd October 2026

खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन २५ सेप्टेम्बरमा,तयारी पुरा


खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौं अधिवेशन आगामी २५ सेप्टेम्बर २०२६ (शुक्रबार) राजधानी होटल, खैतानमा आयोजना हुने भएको छ। अधिवेशन सम्पन्न गर्न आवश्यक अन्तिम तयारी पूरा भएको मञ्चले जनाएको छ।

मञ्चद्वारा जारी सूचनाअनुसार कार्यक्रमको सुरुवात गत भदौ १० गते भेटिकोशिको बाह्रबीसेमा ज्यान गुमाएका दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौनधारण गरेर गरिनेछ। त्यसपछि अधिवेशनको औपचारिक सत्र सञ्चालन हुनेछ।

कार्यक्रममा स्थानीय कलाकारहरूको सहभागितामा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ। मञ्चले सोही दिन अन्य नेपाली संघ-संस्थाहरूलाई कुनै कार्यक्रम आयोजना नगरी सहयोग गर्न अनुरोध गरेको छ।

कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई भव्य र सफल बनाउन मञ्चले आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...