Friday 3rd May 2024

सीके राउतले संविधान मान्ने उपेन्द्र यादवले नमान्ने ?


तोयानाथ उपेक्षित – संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै त्यसताका निक्कै आलोचना खेपेको एमालेको लिंग के हो भनेर केपी ओली शक्तिमा आएपछि छुट्टियो । एमाले भाले नै हो भनेर केपी ओलीले प्रमाणित गरे यो बास्तविकता हो । अहिले संघिय समाजवादी त्यही अवस्थामा पुगेको आभास हुन थालेको छ । उसको लिंग हराउँदै गएको छ ।

अशोक राईको संघिय समाजवादी पार्टी फोरममा विलय भए सँगै उनी भित्तामा पुगे । अहिले अशोक कहाँ छन् थाहाँ पाउन गारो हुन थालेको छ । उपेन्द्र यादवको चतुर्याई र धुर्त्याइले बाबुरामको नयाँशक्ति पनि विघठन भयो । बाबुरामको अधिनमा एकताका माओवादी पार्टीमा रहेका उपेन्द्र यादवले सीपी गजुरेल र मोहन वैद्यलाइ भारतीय सत्ताको हातमा सुम्पेर नेपालमा अलग पार्टी खडा गरेर कसका लागि काम गर्दैछन भन्ने सवैलाई थाहा छ । रौतहटको एउटा मन्दिरमा मानव बली चढाएर शक्तिमा उदाएका उपेन्द्रको विगत जान्दा जान्दै बाबुराम उनलाई बोक्न किन त्यही पार्टीमा मिसिए भन्ने अर्को प्रश्न निक्कै गंभिर छ । यिनको नियतमाथि शंका होईन, देखादेखि राष्ट्रघाती दाग छ यति कुरा बुझ्न कुनै ज्योतिषिलाई कुण्डली देखाई रहन पर्दैन । उपेन्द्र सिर्फ ब्राह्मण जातिको विरुद्धमा कुरा गर्दछन यसको मतलब नेपालका जनजातिको एउटा राष्ट्रभक्ति तप्काको साथ उनलाई चाहिएको छ । नश्लिय सत्ता भनेर उनले गरेको हरेक भाषण जनजातिहरुको मन जित्ने कथित प्रयन्न हुन । उनले हिमाल र पहाडका जनताको हित संझेर कदापी बोलेका होईनन । पहिलो मधेस आन्दोलनमा उनले तराईका समग्र पहाडे मुलका मानिस लखेट्ने अभियान चलाएका थिए । तराईमा हुने जनजातिलाई किन उनले त्यसबेला देखेनन ? उनी समावेशीताको कुरा गर्दछन तर तराई मै रहेका मुश्लिम र दलितलाई पार्टी नेतृत्वमा पाखा लगाएको विरोधमा उनलाई छाड्नेहरु त्यसका प्रमाणका रुपमा छदैछन । त्यो ब्राह्मण ईतर जनमतलाई आफ्नो विश्वासमा लिन सके नेपाल देशको अस्तित्व मेटाउन सजिलो हुने उनको बुझाई कहि न कहि रहेको छ । यो पूर्ववत योजना सहितको डिजाइन हो । नबुझेर उनको पछि लाग्नेहरु विस्तारै फर्कने छन, बुझेर लाग्नेहरु उनका मिसनका मतियार हुन, एक दिन पतन हुनेछन ।

बाबुराम र उपेन्द्रको एकताको अन्तर्य पूर्व नयाँशक्ति पाटीका कतिपय नेताहरुले बुझे र बाबुरामलाई छाडेर धेरै नेताहरु कोही कता कोही कता, सवै हराए । बाबुराम र हिसीलाले मात्र अहिले उपेन्द्रलाई सकि नसकी काँधमा लिएर यतिबेला हिडिरहेका छन । महादेबले सतिदेवीलाई बोकेर हिँड्दा हिँडदै उनका सवै अंग पतन भए पछि व्युतिए झै अशोक राईले अहिले पर बसेर त्यही रमिता हेरिरहेको हुनु पर्दछ । अब उनलाई व्युतन धेरै कुर्न नपर्ला । जब की पासाङ शेर्पाहरु जस्ता नेताले समयमा नै बुझे र उपेन्द्रबाट टाढा बसे । संविधान संसोधन गर्न गएको भन्ने उपेन्द्र दुई बर्ष वित्न लाग्दा पनि किन संविधान संसोधन गराउन सकिरहेका छैनन । उनका लागि संसोधन प्रस्ताव त एउटा बहाना हो, भोक त सत्ताको नै हो । राजपालाई आफूसँग मिलाएर उनी अझै ठुलो सत्ता बार्गेनिङ गर्न चाहान्छन । त्यसो भएमा बाबुराम पनि अशोक राई कै ठाउँमा पुग्नेछन । राजनैतिक उपयोगितावाद उनको सिद्धान्त हो । मिसन भारतीय डिजाइनमा काम गर्नु नै हो ।

यादव अहिले देशका उपप्रधानमन्त्री छन उनी नेपालको संविधान बमोजिम चल्छन । त्यसैले दिएको राजकीय हैसियतमा हिँडछन । जनताको करबाट उनको घरबार, पार्टी र नातागोता चल्छ तर यहि संविधानको उनी विरोध र समर्थन दुवै गर्दिन भन्दैछन यो कस्तो निती हो ? खुशी पनि नमनाउने विरोध पनि नगर्ने भनेको के हो ? यदि उनी सत्तामा हुदैनथे भने यहि निर्णय गर्थे होलान ? स्वार्थ प्रेरित अवसरवादी यो कस्तो संस्कृति हो ? एउटा सामान्य नेता वा सत्ता बाहिर रहेको पार्टी राजपा जस्ताले यसो भन्दा स्वभाविक रुपमा लिन सकिन्छ तर देशको उपप्रधानमन्त्री यो संविधानको कसम खाएर मन्त्री पदमा आशिन छ उसैका कुरा यस्तो भए पछि जनताले उनलाई भाले भन्ने की पोथी ? उनलाई संविधान मान्न वा नमान्न दुवै छुट दिन सकिन्छ ? त्यसो हो भने अरुले किन मानिरहनु परर्यो ? उपप्रधानमन्त्रीको कुर्सीमा बसेर यहि संविधानको विरोधमा बोल्ने उनमा नैतिक हक रहदैन । राजीनामा दिएर जनतासमक्ष आउन् । त्यसो भए जनताले विश्लेषण गर्लान । सिके राउतले संविधान मान्ने भईसके उपेन्द्रहरु नमान्ने यस्तो पनि दर्शन हुन्छ ?


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...