Thursday 14th May 2026

महामहिम राष्ट्रपति ज्यूलाई कुवेतबाट पत्र


श्रीमान महामहिम राष्ट्रपति ज्यू,
कुवेतको खाडीबाट अभिबादन।

महोदय,
पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा दिनको लागि बैदेशिक रोजगारिको लागि कुवेतको मरुभुमीमा सस्तोमा सास्ती खेपिरहेको छु।एक सामान्य परिवार र नेपालमा पिछडिएको बर्ग भएकै कारण आज यो कुवेतको मरूभुमीमा भेडा चराउने काम गर्द्छु।म मात्र होइन यहाँ त म जस्ता लाखौं नेपाली दाजुभाइ-दिदिबहिनीहरु सस्तोमा श्रम बेचिरहेका छौ भने अरुले गर्न नसक्ने कठिनपूर्ण काम गर्दै घर-परिवार, आफन्त,छर-छिमेक तथा गाउ-समाज र देशको सम्झनामा भौतारी रहेका छौ। हुन त नयाँ गणतान्त्रिक नेपालको दोश्रो राष्ट्रपती तथा पहिलो महिला राष्ट्रपती तपाईंलाई यो पत्र पढ्ने फुर्सद नहोला, तर पनि यो मनमा लागेको केही कुरालाई यो पत्र मार्फत पढाउदै छु, गल्ती भएमा माफ होला।

जब नेपालमा शुरुमा परिवर्तनको लागि आन्दोलनहरु हुदै थियो त्यति खेर मलाई अलि अलि थाहा छ,निर्दलिय ब्यवस्था-मुर्दावाद-मुर्दावाद, बहुदलीय ब्यवस्था-जिन्दावाद-जिन्दावाद,गर्दै नेपाल को गाउ-गाउ देखि चोक-चोक देखि सहरहरुमा परिवर्तनको निम्ति अवाजहरु बुलन्द हुदै थियो।म पनि जानी नजानी हुलमुलमा मिसिएकै हुँ। सायद त्यहि आवाजहरु र नेपाली छोराछोरीको योग्दानको प्रतिफल नै भन्नु पर्छ देशमा प्रजातन्त्रको बहालि भयो,अलिकति भएपनि जनताहरुले स्वस्तन्त्रताको सास फेर्न पाए।नेपालमा प्राजान्त्रको बाहलि त भयो तर उहि पुरातनवादिहरुको रजाँईले गर्दा जनताको जन-जिवनमा केहि परिवर्तन भएन र त्यसैको उपज नेपालमा तत्कालीन माओवादिको ससत्र क्रान्ति(जनयूद्द)शुरु भयो। त्यति खेर म पनि लक्का जवान भएको थीए र म पनि परिवर्तनको लागि संघर्षको एउटा परिवर्तनकारी सिपाहि बनेँ। त्यति खेर सायद तपाईंहरुको पार्टि(नेकपा एमाले) पटक-पटक सत्तामा थियो।देशको नेत्रित्वमा तपाईंहरुकै पार्टीले गरेको थियो भने हामिलाई आतङ्ककारीको बिल्ला भिराउनु भएको थियो। हामि माथि कुनै न कुनै तरिकाले दमन गर्नु नै भयो भन्ने कुरा एेना जस्तै छ,तर पनि हामि नेपालीहरुको बिर छोराछोरीको निरन्तर प्रयास र आन्दोलन जारि नै रहयो।त्यही जनयुद्दको प्रतीफल नेपालमा २०६२/६३मा दोस्रो १९ दिने जन-आन्दोलन भएर नै नेपाल पहिलो पटक गणतन्त्र नेपाल सम्म पुग्यो।जनताबाट छानिएका जनप्रतिनिधिहरुले नै जनताको हितमा काम गर्ने भएकोले जनगणतन्त्र भनिने भनिएको र हामी सबै नेपालीहरुको साझा सम्पत्ति नेपाल हुने खुशीमा हामी पनि नेताहरु संग हासो मिलाउदै हातेमालो गरिरह्यौ।हुन त जनताहरु ६२/६३ मा आन्दोलित हुँदा तपाईहरुकै जिम्मेवार नेता ले भनेको थिए”यो आन्दोलनमा गन्त्रन्त को सपना देख्नु भनेको बयल गाडामा चढेर अमेरिका पुग्नु हो।तर पनि गणतन्त्र आएरै छोड्यो र यसको ठुलो फाईदा तपाईंले लिदै हुनुहुन्छ कि जनताको छोरी राष्ट्रपती।

खैर बिगतको घाऊलाई नकोट्याउ,आज तपाईं एउटा पार्टिको रास्ट्रपति होइन, पुरै देशको अभिवाकको रुपमा हुनुहुन्छ।त्यसमा पनि नेपालीकी पहिलो राष्ट्रपती।मलाई तपाईंको दिबंगत श्रीमान मदन भण्डारीले ज्यूले सबै नेपाली जनताहरुको लागि भन्दै आउनुभएको “जनताको बहुदलिय जनबाद र नेपालमा कम्यूनिस्ट पार्टीहरुको अबश्यकता अनी देश र जनताका लागि कम्यूनिस्ट पार्टीका नेताहरुले गर्नु पर्ने र सक्ने कामहरुको बारेमा लेखेका- बोलेका कुराहरु(बिभिन्न पुस्तक, समाचार, लेखहरुमा पछी प्रकाशित)ले अझै कम्यूनिस्ट हुन चाहिने गुणहरु प्रस्ट्याएको जस्तो लाग्छ।तर महामहिम ज्यू,केही दिन देखी अत्यान्तै चर्चामा रहेको तपाईंको लागि नेपाल सरकारले किन्न लागेको १८ करोडको गाडी र प्रहरी कार्यालय हटाएर राष्ट्रपती निवास अनी हेलिप्याड बनाइने जस्ता चर्चा, परिचर्चा र समाचारहरु पढ्दा भने अत्यान्तै दु:ख लाग्यो।के सरकारले तपाईंको लागि गाडी किन्न १८ करोड निकासा गरेको कुरा सत्य हो?के प्रहरी कार्यलयलाई राष्ट्रपती भवन र हेलिप्याड बनाइने कुरा सत्य हो? हो भने तपाईंले यसलाई नकार्न सक्नु पर्छ र सक्नु हुन्छ भने जननेता”जनताको नेता”हुनुस र आफ्नो दैनिक काम काजका लागि चाहिने न्यूनतम सुबिधाहरु मात्र लिनुस।बरु सक्नु हुन्छ भने त्यो १८ करोड बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुका लागी वा आफ्नै देशमा केही गर्न चाह राख्ने राष्ट्र सेबक नेपाली जनताहरुको लागि रोजगारी वा सिपमुलक काम हुने ठाउँमा खर्च गर्नुस, या त सिटामोल नपाएर मर्ने दुर-दराजका ठाउँहरुमा सिटामोलका प्याकहरु पठाउनुस या त बालबालिकाहरुको राम्रो शिक्षाका लागि एउटा नयाँ आयोजना ल्याइदिनुस, या भारत तथा धेरै देशमा बेचिएका र यौनात्मक हिंसामा परेका तपाईं जस्तै अर्की नेपाली चेलीहरुलाई पुनर्बास खोल्नुस ता कि सबैले भनुन-रास्ट्रपती हुन त तपाईं जस्तो।

लेख्दा लेख्दै पत्र लामो भयो, महामहिम ज्यू क्षमा गर्नु होला, मैले म जस्तै दैनिक नेपाली बिमान स्थलबाट मात्र बाहिरिने १५०० जना युबाहरुको र अनगिन्ती अबैधानिक बाटोबाट बाहिरिने सबै नेपालीहरुको भाबनालाई तपाईं माझ राखेको हुँ।हुन त अझै पनि हाम्रै पसिना सिन्चित रेमिट्यान्सको पैसाबाट देश चलिरहेको छ र पनि हामी खुशी छौ किनकी देश-भरी बिस्तारै बिकासको ढोका खोल्न तपाईंहरु साचो लिएर बस्नु भएको छ।तर बिलासिताकै सामानहरुमा मात्र अल्झिने र आफू अनी आफ्नैलाई मात्र काँखे च्याप्ने परिपाटी बसे – हाम्रो देश र हामी नेपालीलाई कसले सोच्लार??महामहिम ज्यू कमरेड मदन भण्डारीसँग गासिएको प्रेम सम्बन्ध,त्यो अवस्थाको भूमिगत जीवन,जनवादी विवाह,पारिवारिक अवस्था,कमरेड भण्डारीको हत्या हुँदै अनेकौ हन्डर खाँदै व्यबहारले पक्का भएकी तपाईंलाई अरु के नै भनौ र? अन्तमा पूर्व राजा जस्तै सुबिधा भोगी नहु नखोज्नु, सके सम्म देश र गरीब जनताको घर दैलोमा गाँस-बास-कपासको ब्यबस्था गर्ने तर्फ सबैलाई डोर्याउन सफल हुनु होला भन्दै भुकम्पले भत्काएका ति छाप्रोहरुलाई पुनर्निर्माण गर्न गराउन तथा प्राकृतिक प्रकोप पीडित तराइ, मधेश र पहाड सम्मका जनताहरुको माया पाइराख्न सक्नु होस।सफल बाँकी कार्यकालको लागि शुभ-कामना।

प्रेशक
जय नारायण माझि थारु
मरुभूमीको देश कुवेतबाट


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...