Thursday 16th May 2024

मोना कुवेतले मृगौला पीडितको लागि ओम कुमारी शान्ति कोषलाई पाँच लाख भन्दा बढी रकम हस्तान्तरण


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) संकलित रकम मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्मा र काेषाध्यक्ष कृष्ण प्रसाद खड्काले हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मोना कुवेतका संयोजक प्रेम बिश्वकर्माले प्रवासमा भएर पनि आफ्नो परिवारको गाँस कटाएर भए पनि यति ठूलो रकम संकलन गर्न सफल भएको बताएका थिए भने कार्यक्रम संचालन ओम कुमारी शान्ति कोषका सचिब लोकेश पुन मगरले गरेका थिए ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोना कुवेतले छोटो समयमै उदाहरणीय कार्य गर्न सफल भएको छ । केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश बचाउनको लागि अभियान चलाउनु साथै धेरै  पीडितहरूको लागि पनि सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...