हरी कृष्ण न्यौपाने- तीतोपाटी डटकम- लामो समय देखी रोजगारीका क्रममा कुवेतमा रहेका मादी गाउँपालिका-१, खिलङ(साबिकको पाँच गाबिस-२)कास्कीका जंगबहादुर गुरुङको अगष्ट-२०,२०२१ शुक्रबार दिन सडक दुर्घटनामा मृत्यु भयो।हाल ASG कम्पनीमा कार्यरत ४१ बर्षिय गुरुङको डिउटी जाने क्रममा उनी चडेको सबारी साधन अर्को सबारी साधनमा ढोक्किएर भएको दुर्घटनामा दुर्घट्नास्थलमै मृत्यु भएको थियो भने…
तीतोपाटी - नेपाल-कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन हिँजो २७ अगष्ट २०२१ शुक्रबारको दिन एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कुवेतको हिजुल कबद यरियामा रहेको सभाहलमा सम्पन्न तेश्रो अधिवेशनबाट सन २०२१-२०२३ कार्यकालको लागि दिनेश उप्रेतीको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिती चयन गरेको हो…
तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम…
तोयानाथ उपेक्षित, तीतोपाटी - बारम्बार कुवेतबाट घर विदामा नेपाल गएका नेपाली साथीभाईहरुले कहिले सम्ममा कुवेत फर्कन पाउँछौ भन्दै सोध्नु हुन्छ । साह्रै कमजोर शैक्षिक धरातल भएका मध्ये कतिपयले भरपर्दो सूचना पाईन्छ भन्ने आशा राख्नु अस्वभाविक पनि होईन । बास्तविकता चाहीँ के हो भने म पनि उहाँहरु जस्तो मात्र हुँ । हो…
तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयले आप्रवासी नागरिकहरुलाई कुवेत आउनु पूर्व कुवेतमा जारी गरिएको खोप प्रमाणपत्रहरुको अनलाइन दर्ता अपडेट गर्न अनुरोध गरेको छ। डाटा प्रणालीका निर्देशक अहमद अल-गरीबले कुवेत आउँदै गरेका यात्रीहरुलाई एक वक्तव्यमा भ्याक्सिन प्रमाण पत्र अपलोड गरेपछि एप्पल वा गुगल प्ले मार्फत इम्युन एप्लिकेसनमा अपलोड गरी प्रमाणपत्र प्रमाणित गर्न सक्ने…
तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा…
तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी…
हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने"परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४…
खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…
तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन । ७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । मन्त्री डा.बसेल…
![]()