Sunday 27th September 2026

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन २९ अक्टूबरमा हुने


तितोपाटी- सुदूरपश्चिमेली नेपाली समाज कुवेतको तेश्रो अधिवेशन यही अक्टूबर २९ तारीख़को दिन कुवेतको रमणिय क्षेत्र कबतस्थित हलमा हुने भएको छ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले, रोजागरी, पेशा तथा व्यवसायको शिलाशिलामा कुवेतमा सुदूरपश्चिमेली युवाहरुको सक्रियतामा सन २०१७ मा “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज कुवेत, गठन भएको थियो।

स्थापनाकाल देखि समाजले विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको छ। समाजले तेश्रो अधिबेशनमा कोरोना लगायत विविध समस्याका कारणले पहिलाको वर्ष जस्तो तामझाम गरेर अधिबेशन नगर्ने बताउदै कुवेत कार्यरत विशिष्ट व्यक्तित्व , विभिन्न संघ संस्था , पत्रकार , साहित्यकार , केही गीत संगीतका साथै कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुबिच रमाइलो संग सम्पन्न गर्ने योजना बनाएका बताएको छ। समाजको तेश्रो अधिवेशन सम्पन्न गर्नको लागि सिटी एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजन गरेको छ भने कुवेतमा कृयाशिल मिडियाहरूलाइ समाजले मिडिया पार्टनरको रूपमा राखेको छ ।

सामाजिक सेवामा कृयाशिल यस सुदुरपश्चिमेली समाज कुवेतले आफ्नो तेश्रो अधिवेशनलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि नेपाली राजदूतावास कुवेत, गैर आवासीय नेपाल संघ कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाइ सकेको जनाउँदै कार्यक्रममा उपस्थितिको लागि सबैमा बिनम्र अनुरोध  गरेको छ । समाजले थालेका सबै कार्यहरुमा साथ सहयोग गर्ने  सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रम स्थान
आयोजक :सुदुरपश्चिमेली नेपाली समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समय: बिहान ठीक १० बजे
मिति : अक्टूबर २९-यही शुक्रबारको दिन
स्थान :कबत हल
सम्पर्क नं : ६०६८६४३८ / 65585397/60767749/ 69912096


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...