Sunday 18th October 2026

कुवेतमा ४ नेपालीहरुको मृत्यु,२ जनाको पूर्ण विवरण आउन बाँकी


तीतोपाटी डटकम – कुवेतमा पछील्लो समयमा नेपाली कामदारहरुको मृत्यु संख्या बढ्दै गएको छ। विषेश गरी अनडकुमेन्टेड (भिषा नियम उल्लङ्घन गरेका/अबैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुको पार्थिव शरीरलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले बताएको छ।

नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया अस्पातलमा मृत्यु भएकी अठराइ तेर्हथुमकी २६ बर्षिया सन्चिता बस्नेतको शब बुधवार नेपाल फर्काइदै छ । बस्नेत कुनै डकुमेन्ट साथमा नभएको अवस्थामा अस्पातल भर्ना भएकी थिइन।

यता ईलामका प्रदिप फागुको अक्टोबर २५ सोमबार आदान अस्पातलमा मृत्यु भएको छ । फागु पनि आफ्नो कम्पनीबाट भागेर काम गर्दै आएको र कम्पनीले उनी बिरुद्द भागी मुद्दा(रन वे) दर्ता गरेकाले शब फर्काउने सम्बन्धमा कम्पनीले कुनै सहयोग नगर्ने बताएको छ।

यसै गरी यो हप्ता २ जना नेपाली अनडकुमेन्टेड महिला कामदारको मृत्यु भएको जानकारी आएको र उनीहरुको फिङ्गर प्रिन्ट रिपोर्ट आए पछि मात्र पूर्ण परिचय सहितको जानकारी आउने द्वित्तिय सचिव ओझाले बताइन ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...