Sunday 13th September 2026

एनआरएनए एनसीसी कुवेतले यहि अक्टोबर २९ तारिक एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने


तीतोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि शुक्रबार २९ अक्टोबरका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ।

आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता संगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिएका छन।

उनले कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बन्चित हुन पर्दा कुवेतमा नेपालीहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमको अत्यावश्यक रहेको बताएका छन। शिबिरमा Blood pressure, Sugar, ECG, x-ray र Doctor consultation गराउन सक्ने अध्यक्ष लामाले बताएका छन। साथै आवस्यकता हेरेर PCR र cholesterol समेत चेक गर्न सकिनेछ।

पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खाले कार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ।

यसका लागि NRNA कुवेतले विभिन्न स्वास्थ्य सेवा प्रदायक कम्पनिहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालीहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको ब्यबस्था हुने बताएका छन।

यय नि:शुल्क स्वास्थ्य सिविरमा उपस्तिथित हुने नेपालीहरुको लागि मेट्रो मेडिकलबाट २०% छुट कार्डको समेत ब्यबस्था गरेको छ। कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडीको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ।…

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

प्रतिकृयाहरू
...