Monday 21st September 2026

श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपालीहरूको अन्तरक्रिया


तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता थियो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग भएको छलफल उपलब्धिमूलक भएको मन्त्री श्रेष्ठले जानकारी दिए । कार्यक्रममा यूएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो ।
नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रूपमा रहेको यूएईमा दुई लाखभन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरूले कोभिड–१९ महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराएका थिए ।

आबुधावी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन यूएई गएको मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...