तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले…
तितोपाटी- चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । हाल कुल कोरोना संक्रमितको संख्या २ लाख…
तीतोपाटी - चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ…
तितोपाटी- नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा तीन स्थानमा शान्तिपूर्ण तवरले मतदान भइरहेका छन्। महासंघको कार्यालय टेकुमा समाचार तयार पार्दासम्म १०१ मा ५७ मत खसिसकेको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा ६ सय हाराहारी र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कुल मतमध्ये ५० प्रतिशत खसिकेको निर्वाचन समिति कर्मचारीले बताएका छन्। जिल्ला नगर तर्फका लागि…
तीतोपाटी - रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, घारीखोलाबाट जन्ती लिएर फर्कदै गरेको रा१ज ५८९ नम्बरको जीप शुक्रबार बेलुकी साढे ८ बजे दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो। आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको छ । यसअघिको सचिवालय बैठकमा अर्का पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनको ‘काउन्टर’मा…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
तितोपाटी- गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा…
तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र…
![]()