Friday 9th October 2026

झाँक्री पक्राउपछि बाबुराम भट्टराईको आक्रोस, ‘अब सरकारको मिति पुगेकै हो ?


तितोपाटी- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका छन् । उनले झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा प्रहरीले आज पक्राउ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारप्रति आपत्ति जनाएका हुन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता दिएको तर राष्ट्रपतिले त्यसलाई उल्लंघन गरेको भट्टराईले आरोप लगाएका छन् । भट्टराईले लेखेका छन् , ’ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नु पर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

राष्ट्रपतिविरुद्ध गाली गलौज र मानमर्दन हुने गरि अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउपछि झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...