Friday 9th October 2026

२८ गतेको सभाका लागि प्रचण्ड–माधव पक्षको तयारी तीब्र


तितोपाटी- माघ २८ गते काठमाडौं गरिने प्रदर्शनका लागि नेकपाको प्रचण्ड–माधव पक्षले तयारी तीब्र पारेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहले २८ गते ‘हालसम्मै विशाल प्रदर्शन’ गर्ने जनाएको छ।

यसअघि प्रचण्ड–माधव पक्षले माघ ९ गते पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो। २८ गतेको सभा माघ ९ गते नै कार्यक्रम रहेको स्थान, प्रदर्शनीमार्गमा गरिने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताए।

उनका अनुसार २८ गते माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल चोक, त्रिचन्द्र क्याम्पस लगाययतका क्षेत्रबा दिउँसो १२ बजे र्‍याली निकालिनेछ। त्यसपछि दिउँसो १ बजे सुन्धाराबाट मुख्य जुलुस निकालिनेछ।

सहसंयोजक भट्टराईले जनसभालाई व्यापक बनाइने दाबी गरे। मुख्य रूपमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता हुने उक्त सभामा देशका अन्य क्षेत्रबाट पनि अगुवा कार्यकर्ता सहभागी हुने उनले बताए।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौंको नारायणहिटी संग्राहलय अगाडि सभा गरेको थियो। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भएको छ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...