Friday 3rd May 2024

भिजिट भिषासम्बन्धी गलत प्रचार भयो : गृह


तितोपाटी- गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै निर्णय नभएको जनाएको हो ।

नेपाली महिला कतिपय मुलुकमा पर्यटक भिषामा जाँदा हुनसक्ने सुरक्षालगायतका जोखिमलाई विचार गरी त्यस्ता मुलुकमा हुने भ्रमणलाई सुरक्षित तथा सहज बनाउने तथा पर्यटक भिषाको दुरुपयोग हुन नदिने सम्बन्धमा छलफल भइरहेको तर स्थानीय तहको सिफारिस अनिवार्य हुनेगरी कुनै पनि छलफल नभएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसैबीच अध्यागमन विभागले पनि आज एक विज्ञप्ति जारी गरी त्यस विषयमा ध्यानाकर्षण भएको जनाउँदै समाचारमा आएजस्तो नभई खाडी तथा अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पकट एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्नसक्ने विषय आन्तरिक छानविन कार्यदलका सुझावका रुपमा विषय आएको तर कुनै निर्णय नभएकाले भ्रममा नपर्न अनुरोध गरेको छ ।
विभागले यसरी निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमधारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुष्ठित नहुने गरी निर्णय हुने जनाएको छ ।
साभार केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...