Wednesday 5th August 2026
नेपालको समाचार
Image

सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ…

Image

नेकपा माओवादी केन्द्रले पार्टीका ४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा पर्नेमध्येका एक प्रभु साहले आक्रोश पोखेका छन् । निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको केपी ओली सरकारका सहरी विकास मन्त्री रहेका उनको आरोप छ । 'जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई…

Image

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका…

Image

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी…

Image

माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित…

Image

तितोपाटी- नेपाल र कतार दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको छ । सोमबार पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न…

Image

तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव…

Image

नेकपा एमालेका  सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेर देखाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दलहरुलाई चुनौति दिएका छन् ।प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले ओली निकट सांसद बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका हुन् । प्रतिनिधिसभाको आज (सोमबार) को…

Image

नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो।वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको हो। एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी…

Image

तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक…