Sunday 27th September 2026

कोरोना विरुद्दको खोप लगाएका आप्रवासीहरुले अगष्ट – १ बाट कुवेत आउन पाउने


हरी कृष्ण न्यौपाने – कुवेतले अनुमोदन गरेको बिभिन्न प्रकारका कोरोना विरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन् । कुवेत सरकारको जुन-१७,२०२१ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

कुवेत सरकारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई सार्वजनिक गर्दै अरब टाइम्स पत्रीकामा लेखिएको छ, “कुवेत प्रवेश गर्ने आप्रवासीहरुले अक्सफोर्ड/एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जॉनसन (Oxford/AstraZeneca, Pfizer, Moderna and Johnson & Johnson) मध्ये कुनै एक प्रकारको खोप लगाएको हुनु पर्ने छ । स्वास्थ्य मापदन्ड पुरा गर्दै माथि उल्लेखित कोरोना विरुद्दको खोप लगाएका आप्रवासीहरुले कुवेत प्रबेश गरेपछी सिधै ७ दिन होम(घरमै)क्वेरन्टाइन बस्न सक्नेछन् । ७ दिनमा कोरोना परिक्षण नेगेटिभ भएमा उनिहरु आफ्नो दैनिकीमा फर्कन सक्ने छन् । त्यसै गरी कुवेतमा कोरोना विरुद्दको खोप लगाएकाहरुले जुनसुकै बेला पनि स्वास्थ्य मापदन्ड पुरा गरी यात्रा गर्न सक्ने छन् ।

कुवेतले आफूले अनुमोदन गरेका कोरोना विरुद्दको खोप नलगाएका व्यक्तिहरुलाई सपिङ मल, रेष्टुरेन्ट, सैलुन र प्रमुख कम्प्लेक्समा प्रवेश गर्न नदिने भएको छ भने सपिङ मलहरु अर्को सूचना नभएसम्म बेलुकी ८ बजे बन्द गरिने छ ।

त्यस्तै कुवेत एयरवेजले यूके(लन्डन)का लागी स्वास्थ्य मापदन्ड पुरा गर्दै जुन १३ तारिकबाट हरेक हप्ताको एक उडन शुरु गरिसकेको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...