Sunday 16th June 2024

मेलम्चीमा होटलको छतबाट सेनाको हेलिकप्टरले गर्‍यो दुई जनाको उद्धार


तीतोपाटी डटकम-मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ।बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको छ। बाढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्षति पुर्‍याएको छ।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...