Thursday 17th September 2026

बनेपामा आमा-छोरा मृत भेटिए, श्रीमान अचेत अवस्थामा


तीतोपाटी डटकम- बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् । असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला पारेको थियो ।

‘डेरामा औषधी र विषादी फेला परेको छ, मृतकहरुको शरिरमा कुनै चोटपटक छैन’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भन्नुभयो–‘शरिरमा कुनै चोटपटक देखिएको छैन, तीनै जनाको शरिरमा विषादी देखिन्छ । श्रीमानलाई उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको छ ।’ पाँचखाल नगरपालिका ६ घर भई बनेपाको नाला दोवाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरे, उनको श्रीमती ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरेका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमती मनिषा र छोरा युवानको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ । केहि समय अघि देखि माधवप्रसाद घिमिरेले डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए । निषेधाज्ञा तथा अन्य पारिवारीक तनावका कारण उनिहरुको परिवारमा केहि समय देखि खटपट हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान माधवप्रसाद घिमिरे आफैले श्रीमती र बच्चालाई विष खुवाई आफुले खाएको हुन सक्ने शंका आफन्तले गरेका छन् । प्रहरीले अनुसन्धानका लागि आफ्नै नियन्त्रणमा उनको उपचार गराईरहेको बताएको छ ।

साभार-न्यूज अफ नेपाल-मोतीराम तिमल्सिना, काभ्रे


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...