Saturday 18th May 2024

बनेपामा आमा-छोरा मृत भेटिए, श्रीमान अचेत अवस्थामा


तीतोपाटी डटकम- बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् । असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला पारेको थियो ।

‘डेरामा औषधी र विषादी फेला परेको छ, मृतकहरुको शरिरमा कुनै चोटपटक छैन’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भन्नुभयो–‘शरिरमा कुनै चोटपटक देखिएको छैन, तीनै जनाको शरिरमा विषादी देखिन्छ । श्रीमानलाई उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको छ ।’ पाँचखाल नगरपालिका ६ घर भई बनेपाको नाला दोवाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरे, उनको श्रीमती ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरेका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमती मनिषा र छोरा युवानको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ । केहि समय अघि देखि माधवप्रसाद घिमिरेले डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए । निषेधाज्ञा तथा अन्य पारिवारीक तनावका कारण उनिहरुको परिवारमा केहि समय देखि खटपट हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान माधवप्रसाद घिमिरे आफैले श्रीमती र बच्चालाई विष खुवाई आफुले खाएको हुन सक्ने शंका आफन्तले गरेका छन् । प्रहरीले अनुसन्धानका लागि आफ्नै नियन्त्रणमा उनको उपचार गराईरहेको बताएको छ ।

साभार-न्यूज अफ नेपाल-मोतीराम तिमल्सिना, काभ्रे


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...