Thursday 1st October 2026

सिन्धुपाल्चोकका बाढी पीडितलाइ सहयोग गर्न सिन्धुपाल्चोक सेवा समाज कुवेतको हार्दिक अपिल


तीतोपाटी – सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।

अपिलमा केहि दिन पहिले देखि भएको अविरल वर्षाको कारण गत असार १ गते राति सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीमा अाएको बाढीपहिरोले मेलम्ची अासपासका सयाैं परिवार घरवार विहिन भएको र तत्काल यथासिघ्र राहतको खाँचो भएकोले कुवेतमा कार्यरत सबैलाइ सहयोग गर्न अपिल गरिएको छ ।

सहयोग गर्न इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूलाइ तपसिल बमोजिमका व्यक्तिहरूलाइ सम्पर्क गरि सहयोग गर्न सकिने पनि अपिलमा जनाइएको छ ।
सहयोग को लागि सम्पर्क
बिकास तामाङ (गोले ) 51491429
रोशन पाख्रिन 66568671
माधब पौडेल 66043509
राजकुमार श्रेष्ठ 65945766
प्रदिप कार्की 6601 9540

संस्थाद्वारा सार्वजनिक सहयोग अपिल जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...