Saturday 18th May 2024

रुपन्देहीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो


तीतोपाटी डटकम- बुटवल । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ।सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो ।

बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर चार लेनको बनाउन डाइभर्सन बनाइएकोमा भारी वर्षाले बगाइदिएको थियो ।पुनः डाइभर्सन बनाएपछि बुटवलबाट उक्त स्थान हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु चल्न थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडापुलमा पहिरोले अवरुद्ध सडक पनि बिहीबार साँझदेखि एकतर्फी खुलेको छ ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...