Tuesday 8th September 2026
नेपालको समाचार
Image

तितोपाटी- विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो । विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र…

Image

तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो ।  ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।…

Image

तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…

Image

टंकप्रसाद पन्थ - साइनो वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो साइनो दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम जुम प्रविधिको उपयोग गरी भव्य रूपमा सम्पन्न भयो । प्रतिष्ठानकी अध्यक्ष सीता सुवेदी पन्थीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा देवी नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा…

Image

तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…

Image

तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै…

Image

तीतोपाटी - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । कोरोना महामारीका कारण…

Image

तीतोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी…

Image

 प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगतै ऊर्जामन्त्री…