Tuesday 23rd April 2024

टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज कतार जाँदै


तितोपाटी- २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ ।

६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्दैछ ।

नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।

महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा भिड्नेछन् । नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

यही प्रतियोगिताको दौरान आयोजना हुने एसियन टेबल टेनिस युनियनको सम्मेलनमा सहभागि हुन टेबल टेनिस संघको तर्फबाट चतुरानन्द राजवैद्य र शंकर गौतम पनि केही दिनपछि दोहा प्रस्थान गर्दै हुनुहुन्छ –imagekhabar बाट


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...