Sunday 19th May 2024

इजरायल जानको लागि १ हजार ६ सय जनाको नाम शिफारिस


नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६ सय जनाको नाम शिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुको नाम शिफारिस गरेको हो ।

नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा सहभागीताका लागि परेका १ हजार ८ सय ३ अावेदनमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको सङ्ख्या घटाउँदा कायम भएका प्रतिस्पर्धीसँग अन्तर्वार्ता र लिखित परीक्षा लिइएको थियो ।

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३ सय १७ सहभागीमध्ये २ हजार ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकोमा त्यस बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौता अनुसार १ हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...