Sunday 4th October 2026

बजेटसँग सम्बन्धित दुई प्रस्तावित विधेयक राष्ट्रियसभाबाट पारित


तितोपाटी- राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको कार्यशैलिमाथि प्रश्न उठाउदै एमालेका सांसदहरुले बिरोध गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले महत्वपूर्ण बिधेयकहरु अघि बढाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।त्यसअघि शुक्रबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको थियो । बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । उनले आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गरे ।
राष्ट्रियसभाको अर्को बैठक असोज ११ गते बोलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

प्रतिकृयाहरू
...