Monday 31st August 2026

राष्ट्र र राष्ट्रियताप्रति जनताको खबरदारी


बि. आर. उप्रेती, बारा, नेपाल – संसारका सबै देशमा जनताहरु आ-आफ्नो राष्ट्रप्रति राष्ट्रियताको भावना, जनता र राष्ट्रको समुन्नती प्रगति जस्ता राष्ट्रभावबाट गौरवान्वित हुन्छन् यो त स्वभाविक हो । अनि हाम्रो देशमा पनि व्यक्ति जस्तोसुकै हुन् अन्तर आत्माले आफ्नो देशको माया ममताका साथ आफुलाई नेपाली हुँ भन्ने भावनात्मक बिचार मात्रै होइन नेपाली जनताको व्यवहारिक लगाव पनि छ । नेपाली जनताको वीरताको अघिल्तिर कसैको तुजुक केही काम लाग्दैन- इतिहास साक्षी छ।

हाम्रो देशमा संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा जनता र राष्ट्रको के कस्ता हालतबाट देशले समय गुजार्दै छ यो त छर्लङ्ग छ । यहाँ संविधान निर्माण, देशमा असल काम गर्न नेता छनौट(निर्वाचन) अनि मन्त्री मण्डल र शासन संचालनबाट जनता र देशको बिकास अनि कृषक, मजदुर लगायत सम्पुर्ण नेपाली मध्ये गरीबहरुको गरिबी निवारण जस्ता अत्यावश्यक आधारभूत आवश्यकताको परिपुर्ति हुनु नै जनता र देशको बिकास भइ गणतन्त्रात्मक ब्यबस्थाको शासन सफल भइ जनताहरु प्रफुल्ल हुनु पर्ने हो, यहाँ खोइ त्यस्तो ? दिनानुदिन बलात्कार, अपहरण, हत्या हिंसा जस्ता जघन्य अपराध मात्रै होइन राष्ट्रको पैसा भ्रष्टाचार गर्न तँछाडमछाड गर्छन् भ्रष्टाचारीहरु। डाडु पुन्यु हातमा हुनेले जे पनि गर्न पाइन्छ ? पञ्जा ठूला, बल छ भन्दैमा हत्या हिंसा, बलात्कार जे गर्दा पनि हुन्छ ? किन यस्ता घृणित कुकर्महरु झाँगिदैछन् देशमा ।

यहाँ राजनैतिक पार्टीहरु कुन पार्टीप्रती जनताहरुको बढी विश्वास छ त्यही पार्टीका कुन कुन ब्यक्तिहरुलाई जनताले छानेर पठाउँछन् यी व्यक्ति भए हामी जनता र देशको लागि राम्रो काम गर्छन् भनी आत्मा विश्वास गरी चुनेर पठाउँछन् । ती व्यक्ति निर्वाचित भएर गएपछि त माथिल्ला तहमा पुगेर झैझगडा गर्ने मलाई यो पद चाहिन्छ, मन्त्री चाहिन्छ मेरो मान्छे राजदूत लगायत ठूला विशिष्ट ओहोदामा नियुक्त गर्नुपर्छ जस्ता कुरामा पाखुरा खैंचेर झगडा रिसइबी गर्दै आफुले भनेको जस्तो भएन भने पार्टी फुटाउने देखि के के गर्छन् त्यो जनताहरुले हेरिरहेका छन् । अहिले सबै जनताहरु भन्छन् हामीले नेताहरूलाई राष्ट्र र जनताको हित विपरीत गलत क्रियाकलाप गर्न चुनेर पठाएको हो र ?

हुँदा हुँदा अहिले त एम. सी. सी. जस्ता राष्ट्रघातक सम्झौता परराष्ट्र (अमेरिका) संग गर्न कोशिश गरिदैछ । सिंहदरबार नेताहरूको, राजधानी नेताहरूको, संविधान नेताहरुको, संविधानसभा नेताहरूकै यी सबै नेता भनौदाको मात्रै अनि तिनै नेताहरूले जे गरे पनि हुन्छ ?

नेपाल राष्ट्र चाहिँ स्वभिमानी नेपाली जनताहरुको भएकोले दिन प्रतिदिन बहुसंख्यक नेपालीहरुले त्यस्तो एम. सी. सी जस्तो राष्ट्रघातक सम्झौता पास गर्न पाइदैन भन्दाभन्दै जबर्जस्ती गर्न पाइन्छ ? देशको हित हुने राम्रो काम कुरा भए त बिरोध गर्दै आन्दोलन गर्ने थिएनन् होला नी ? एम. सी. सी पास गर्न आँट गर्ने नेताज्युहरु ! राष्ट्र र जनताप्रति फर्केर हेर्नुस्, सोच्नुस्, आफ्नो जन्मभूमि र जनताप्रति उत्तरदायी हुनुस् त्यस्ता राष्ट्रघातक सम्झौता पास गर्न पटी नलाग्नुस्, जनता र राष्ट्रको मर्यादित राजनेता बन्नुस् । नत्र जनताको मन धेरै दुखेपछी त के के गर्लान् गर्लान् यस्तै यस्तै चर्चा छ देश भरी।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको…

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा…

प्रतिकृयाहरू
...