Thursday 15th October 2026
नेपालको समाचार
Image

गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ। बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ। अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको…

Image

तीतोपाटी डटकम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका…

Image

नेपाली कांग्रेसले स्थानीय तहका लागि छुट्टै घोषणापत्र बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपा वीपीनगरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहका लागि प्राथमिकताका साथ घोषणा पत्र बनाइने बताए । उनले भने, ‘केन्द्रको घोषणा पत्र बनाएजस्तै स्थानीय तहको पनि घोषणापत्र बनाइने छ । स्थानीय घोषणा पत्रले विभिन्न…

Image

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न साथ नदिएको भए नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमसीसी सम्झौता पारित गर्ने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त पार्ने जोखिम रहेको बताएका छन् । बुधबार पार्टीको पोलिट्ब्यूरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमसीसीको…

Image

अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ। रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले प्रेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ।…

Image

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ…

Image

उपत्यकाका विभिन्न स्थानमा ‘जब सेन्टर’ हरू स्थापना गरी विभिन्न ठाउँमा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । आफूहरूसँग विभिन्न नाममा पैसा असुलेर ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले छापा मार्दै सञ्चालकहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लोकन्थली बस्ने अर्घाखाँची छत्रदेवका २६ वर्षीय अमर पाण्डे, पेप्सीकोला…

Image

तीतोपाटी डटकम-प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ…

Image

तीतोपाटी डटकम -भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले…

Image

कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् । प्रहरी चौकी…